ओलीले वोलाए संसदीय दलको बैठक, नेपाल पक्ष नजाने
सत्तारुढ दल नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान ११ बजे वालुवाटारमा वस्ने गरी संसदीय दलको बैठक बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले वताए ।
एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक बालुवाटारमा बोलाएको भट्टराईले वताए ।
समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्ने विषयमा संसदीय दलको बैठकमा छलफल हुने भट्टराईको भनाई छ ।
वैठकमा माधव नेपाल समुह भने नजाने वताईएको छ । एमालेमा पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको बेलामा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।