News स्वास्थ्य

सरकारले यस कारण स्थगित गर्यो कोरोना विरुद्धको खोप अभियान

सरकारले यस कारण स्थगित गर्यो कोरोना विरुद्धको खोप अभियान

नेपालमा माघ १४ गतेदेखि सुरु भएको कोरोना भाइरसविरुद्धको खोप लगाउन स्थगित भएको छ । खोप अभावका कारण अभियान अवरुद्ध भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभियान स्थगित भएको जनाएको छ । केही दिनपछि फेरि खोप अभियानले निरन्तरता पाउने मन्त्रालयको भनाई छ ।

सुरुमा फ्रन्टलाइनरदेखि ६५ वर्ष उमेरमाथिको समूहलाई खोप लगाईएको छ । बुधबारदेखि ५५ वर्षमाथिकालाई खोप लगाउने बताइएका बेलामा खोप अभावका कारण अभियान स्थगित गरिएको जनाईएको छ ।

दोस्रो डोजको खोपको वारेमा समेत हालसम्म टुङ्गो नलागेको मन्त्रालयले जनाएको छ । 
 

कोरोना खोप खोप अभाव

विशेष