बजेटको आभावमा प्रदेश दुईका अधिकांस सिचाई आयोजना प्रभावित

बजेटको आभावमा प्रदेश दुईका अधिकांस सिचाई आयोजना प्रभावित


जनकपुर
संघबाट प्रदेशको मातहतमा योजना ल्याएपनि प्रदेश नम्बर २ मा धेरै सिचाई आयोजना बजेट आभावका कारण अगाडि बढन सकेका छैनन । सर्शत बजेटबाट संचालन हुने योजना वर्षोदेखि निर्माण भईरहेपनि संचालनमा आउन सकेको छैन ।

योजनाको लागि आवश्यक बजेट सरकारले नपठाउदा महत्वपुर्ण सिचाई आयोजनाको निर्माणमा दशक समय लाग्ने गरेका छन । करोड बजेट आवश्यक क्रममा ५ लाख रुपैया बजेट मात्रै तोकिदा काम अधुरो हुने गरिएको छ । महोत्तरीका स्थानियवासी सुरेश पाण्डेले सरकारले बजेट न्युन दिने गरेका कारणले गर्दा समस्या आउने गरेको बताए । उनले सिचाई क्षेत्र महत्वपुर्ण हुदा हुदैपनि सरकारको यस तर्फ ध्यान गएको देखिदैनन । त्यसकारणले गर्दा समस्या आएको देखिएको छ । कृषिको महत्वपुर्ण क्षेत्र रहेको प्रदेश नम्बर २ मा अहिले सिचाईको समस्या हुने गरिएको छ । आठ वटै जिल्लामा रहेको विग्ही सिचाई आयोजना ,एकादसी सिचाई आयोजना,जमुनी कटहा सिचाई आयोजना , बरहथवा सिचाई आयोजना , सोनापार सिचाई आयोजना , अमारी सिचाई आयोजना , माची झिटकहिया सिचाई आयोजना , चारनथा सिचाई , विग्ही गजरिया सिचाई आयोजना , विमला वेलैता ,जलाध ,रातो खोला सिचाई आयोजना दुई वर्षमा निर्माण पुरा हुनुपर्ने भएपनि बजेट आभावमा अझै निर्माण सुरु हुन सकेको छैन ।

जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख  बरुण कर्णले सुरुमा संघीय सरकारबाट योजना संचालनमा रहेको र अहिले प्रदेश सरकारको मातहतमा आयोजना ल्याइएको बताए । उनले ठेकेदारले समयमा काम नगरेको कारणले समस्या देखिएपनि अहिले आएर बजेट र ठेकेदारले समेत सम्पर्कमा आएको कारणले सिचाई आयोजना संचालन हुने बताए । राष्टपति चुरे तराई मधेस संरक्षण विकास समितिका अनुसार प्रदेश नम्बर २ मा कुल ९९ वटा सतह सिचाई आयोजनाहरु छन र सोबाट कुल १९७.८ हेक्टर जमिनमा सिंचाई  सुविधा पुगेको छ । सिचाई आयोजनाहरुको संख्याको हिसाबले सबै भन्दा बढि सिचाई आयोजनाहरु सिरहा र बारा जिल्लामा छन  भने सबै भन्दा कम सप्तरी जिल्लमा छन ।

सिचाई भुमिको हिसाबले सब भन्दा बढि  सप्तरी जिल्लामा र  सबै भन्दा कम महतोत्तरी जिल्लामा सिचाई  सुविधा पुगेको देखिन्छ ।  सिचाई योजनामा प्रदेश्मा ९९ वटा रहेको छ जसमा सप्तीमा १०,सिरहामा १६ , धनुषामा ११ , महोत्तरीमा ११ , सर्लाहीमा १३ , रौतहटमा ११ , बारामा १६ र पर्सामा ११ वटा रहेको छ । 
योजना निर्माण सुस्त छ । योजना पुरा नहुदा कृषि योग्य जमिन खडेरीको समाना पुरा गरिरहनु परेको छ । सिचाई आयोजनाको निर्माण अलपत्र पर्दा कृषिमा प्रत्यक्ष असर परेको छ  । बजेट र तयारी विनाको सिचाई आयोजनाको मन्त्रीहरुले सिलान्यास गरिने हाल्ने प्रवृतिको कारणले सिचाई आयोजना सुरु भएपनि सम्पन्न हुन सकेको छैन ।  
 

जनकपुर प्रदेश नम्बर २ योजना सिंचाई

संम्बधित खबर

विशेष