सेफ सन्तोष साह सम्मानित
जनकपुर- बीबीसी प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साहलाई प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झाले सम्मान गरेका छन ।
झाले मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाल र प्रदेशलाई चिनाएको भन्दै सम्मान गरेको हो ।सम्मान गर्दै झाले मधेसको नामलाई उचो बनाएको भन्दै यस श्रमलाई सम्मान गरिनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले श्रम सानो र ठुलो हुने बताउदै मधेस र मिथिलाको खाना र संस्कृतिलाई प्रवद्र्धन गरिनुपर्ने आवश्यकता रहेको बताए ।
सेफ साहले नेपाललाई विश्व सामु चिनाउने कोसिस गरेको बताए । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उनले खुशी व्यक्त गरे । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने उनको भनाइ छ । सम्मानित भएका साहले कुनै पनि पेसा ठुलो र साना नरहेको बताउदै आउने दिनमा यस क्षेत्रको मिथिलाको पहिचान हुने कार्य गर्ने बताए । सिरहा जिल्लाको कर्जनाहामा जन्मिएका साह लामो समयदेखि बेलायतमा बस्दै आएका छन् ।