News राजनीति

साइबर स्यालहरु अझै पनि ज्यूँदै छन्, होसियार : माधव नेपाल

साइबर स्यालहरु अझै पनि ज्यूँदै छन्, होसियार : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले साइबर स्यालहरु अझै पनि ज्यूँदै रहेकाले होसियार हुन आफ्ना नेता/कार्तकर्तालाई आग्रह गरेका छन्।

बुधबार राजधानीमा आयोजित माधव–झलनाथ समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ‘साइबर स्याल अझै पनि बाँचिहरेका छन्। हिजो मात्र नेकपा हुँदाखेरी थियो होला भनेको ठानेको त त्यसो रहेनछ’ भने। 

आफूहरुले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भयो भनेर ‘फेक सूचना’ सम्प्रेषण गरेको भन्दै यस्तो वताएका हुन्। उनले भने–‘स्याइबार स्यालदेखि होसियार। भोली यस्तै गलत–गलत सूचनाहरु सम्प्रेषण गरिनेछन् अनि तपाईहरु अलमलमा पार्नेछन्। ’

उनले पार्टीभित्र सिद्धान्त र विधिको लडाइँ भएकाले भ्रममा नपर्न आग्रह गरे। उनले प्रधानमन्त्री ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या आएको जिकिर गरे।
 

नेकपा एमाले साइबर स्याल कार्यकर्ता भेला

विशेष