माओवादीमाथि एमालेले धावा वोल्यो, कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा एमालेको केपी ओली पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
आज (बुधबार) बसेको प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय र मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ।
माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन्।
बैठकमा माधव नेपाल पक्षका सांसद अनुपस्थित भएका थिए । अनुपस्थित सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय समेत भएको एक सांसदले जानकारी दिए ।