News राजनीति

माधव पक्षको कार्यकर्ता भेला सम्पन्न : केपी ओलीका सवै निर्णय अस्विकार

माधव पक्षको कार्यकर्ता भेला सम्पन्न : केपी ओलीका सवै निर्णय अस्विकार

केपी शर्मा ओलीका सवै निर्णय अमान्य घोषणा गर्दै नेकपा (एमाले) माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय भेला विहिवार सम्पन्न भएको छ। 

ललितपुरको एक होटलमा बुधबार सुरु भएको भेला नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो। भेलाले अध्यक्ष केपी ओलीका निर्णय अस्वीकार गर्ने  निर्णय गरेको एक नेताले वताए । 

ओलीले विधान विपरित गरेका सबै निर्णय अस्वीकार गर्ने निर्णय गरेको उनले वताए । भेलाले विधान अनुसार अगाडि बढ्न सबै नेता र कार्यकर्तालाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ। गुट र सत्ताको धम्की नदिन भेलाले ओलीलाई आग्रह गरेको छ। 

एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता नेता झलनाथ खनालको अध्यक्षतामा सम्पन्न भएको भेलामा नेता नेपालले प्रस्तुत गरेका अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएको जिकिर गरिएको छ।

पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरिएको छ । 

विशेष