माओवादी केन्द्र, एमालेको माधव समुह र जसपाको उपेन्द्र–बाबुराम समूह विच एकिकरणको तयारी !
नेकपा एमाले नेपाल–खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलापछि विहिवार पत्रकारहरुसँग कुरा गर्दै नेता योगेश भट्टराईले आफूहरुले पार्टी विभाजन नगर्ने वताए । उनले पार्टीभित्रै रहेर गलत प्रवृत्तिको विरोध गर्ने जानकारी दिए ।
तर, पछिल्ला राजनीतिक घटना क्रम हेर्ने र जानकारहरुको कुरा मान्ने हो भने उनका कुरामा सन्देह गर्नुपर्ने अवस्था छ । जानकारी अनुसार खनाल–नेपाल समुह, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको वावुराम–उपेन्द्र समुह विच एकिकरणको प्रयास भईरहेको जानकारी वाहिरिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले फागुनको अन्तिम साता नेपाल–खनाल पक्षको नेकपालाई पिन्च हुने गरी कुनै पनि गतिविधि नगर्न नेता÷कार्यकर्तालाई निर्देशन दिनुलाई पनि एकिकरणकै कडिका रुपमा हेर्न सकिने विश्लेषकहरु वताउँछन् ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग्याईदिएपछि नचाहाँदा नचाहँदै पार्टीमा फर्किएका नेपाल–खनाल रणनीतिक रुपमा तयार भएर फर्किएको उनीहरुको वुझाई छ । उनीहरु प्रचण्डसँगको सल्लाहमै एमालेमा फर्किएको उनीहरु वताउँछन् ।
समानान्तर कमिटी, एकतर्फी कार्यकर्ता भेला लगायतका गतिविधि पनि सल्लाहमै भएको श्रोतको दावी छ । ‘ओली र नेपालविच निकै पुरानो इगो छ। सम्वन्धमा यति साह्रो तिक्तता आएको छ की, उनीहरु अव एक ठाउँमा वस्नै नसक्ने अवस्थामा पुगेका छन्’ श्रोत भन्छ–‘त्यसैले पार्टी फुट्न सामान्य कुरा भएको छ। अर्कोतर्फ केपी ओलीले पनि पार्टी फुटवाट वचाउने खालका गतिविधि गरेका छैनन् । उनका क्रियाकलाप पनि नेपाल समुह निस्केर गएको वेस भन्ने खालका छन् ।’
पार्टी फुट्ने कुरा पक्का जस्तै भएको र फुटिसकेपछिको अवस्था भनेको हिजोका सम्वन्धका हिसावले माओवादी केन्द्रसँग एकिकरण गर्ने कुरामा पनि कुनै शंका नरहेको वताईन्छ ।
यसैगरी, जसपाको वावुराम भट्टराई र उपेन्द्र यादवको समुह पनि एकिकरणको प्रकृयामा रहेको श्रोत वताउँछ । जसपा भित्र रहेको महन्त ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव लगायतको समुह प्रचण्ड भन्दा केपी ओलीसँगको सामिप्यतामा रहेको र उपेन्द्र–वावुराम पक्ष ओलीलाई देख्नै नसक्ने अवस्थामा देखिएका छन् । दुई मध्ये पनि पछिल्लो समय भट्टराई ओलीका कटु आलोचकका रुपमा देखिएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पनि उनले निर्मम अभिब्यक्ति दिदै आएका छन् ।
हिजो माओवादीमै रहेर काम गरेको अनुभवका आधारमा पनि वावुराम र उपेन्द्रलाई प्रचण्डसँग रहन सहज हुने अवस्था छ । यसै सिलसिमा खनाल–नेपाल समुहको एमाले, माओवादी केन्द्र तथा वावुराम–उपेन्द्र समुहको जसपाका विचमा एकिकरणका लागि छलफल भईरहेको श्रोतको दावी छ ।
माओवादी केन्द्र एमालेको माधव समुह जसपा उपेन्द्र–बाबुराम समूह एकिकरण