एमालेले वनायो संसदीय वोर्ड, गुट भेलामा जानेलाई कारवाही गर्ने चेतावनी
नेकपा एमालेको संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन भएको छ। हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी दलको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको हो ।
विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेका छन् ।
यसैगरी, बैठकले संसदीय बोर्ड समेत गठन गरेको छ । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको हो । वोडमा २७ जना सांसद सदस्य छन् ।
बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ । गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान पनि गरिएको छ । तर, दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।
संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल पक्षका सांसदहरु गोपाल बम, नन्दा चापागाई, समिना हुसेन, कलिला खातुन र गंगा चौधरीलगायत सहभागी छन् ।