News

विरगञ्जसहितका स्थलनाका विहिवारदेखि सञ्चालमा आउने

विरगञ्जसहितका स्थलनाका विहिवारदेखि सञ्चालमा आउने

कोरोनाका कारण लामो समयदेखि वन्द रहेको वीरगन्ज नाका खुल्ने भएको छ । गत वर्षदेखि दै बन्द भएका विरगञ्ज सहित भारतसँगका नाका बिहीबारदेखि खुला गर्न सिफारिस गर्ने उच्चस्तरीय केन्द्रीय कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले निर्णय गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको केन्द्रको बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले नेपाल र भारतबीच यातायात सञ्चालन गर्नका लागि सिफारिस गर्ने निर्णय हो।

यसअघि माघ ११ को मन्त्रिपरिषदको बैठकले वीरगन्जसहित देशभरका ३० वटा स्थल नाका खोल्ने निर्णय गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो।

नाका नखुल्दा वीरगन्जसहित आसपासका होटलको कारोबार र पर्यटकीय गतिविधि खस्किएको छ। विरगञ्ज नाका खोल्न माग गर्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्साले बुधबार उप्रप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको थियो। 

वीरगन्ज र यस आसपासका होटल तथा रिसोर्टमा ७० देखि ८० प्रतिशत भारतीय पर्यटकको भरमा चल्ने गर्छन्। भारतले कात्तिक ६ देखि नेपालतर्फका नाका खुला गरिसकेको छ। 

कोरोना वीरगन्ज नाका सीसीएमसी

विशेष