News

महान्यायाधिवक्तामा बडाल नियुक्त

महान्यायाधिवक्तामा बडाल नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको जनाईएको छ । अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।

बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव हुन् । उनी श्रम कानूनका विज्ञ मानिन्छन् । बडाल सक्षम र विवादरहित कानून व्यवसायीका रूपमा परिचित छन् ।

बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।

पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो प्रचण्ड–माधव पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए । 
 

विशेष