News राजनीति

अरु पार्टीको सदस्यता नलिएसम्म कसैले पार्टीबाट हटाउन सक्दैनः नेता नेपाल

अरु पार्टीको सदस्यता नलिएसम्म कसैले पार्टीबाट हटाउन सक्दैनः नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दल त्यागेर अरु पार्टीको सदस्य नलिएसम्म आफुलाई कसैले पनि पार्टीबाट हटाउन नसक्ने वताएका छन् ।

नेपाल पक्षका महिलाहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो वताएका हुन् । नेता नेपालले २८ फागुनमा पार्टी अध्यक्ष केपी ओलीले गरेका एकलौटी निर्णयहरु खारेज भए मात्र आफु पक्षका गतिविधिहरु रोक्ने बताए।

अर्का नेता गोकर्ण विष्टले आफूहरु पार्टी एकताको पक्षमा रहेकाले अन्तिम समयसम्म पार्टी एकता जोगाउन प्रयास गर्ने वताए । व्यक्तिवाद र गलत प्रवत्तिलाई सच्याएर पार्टीलाई सहि विचार र विधिद्धारा सञ्चालन गर्ने अठोट लिएको वताएका उनले यस्तो प्रवृत्तिको अन्त्यका लागि कसरत गरिरहने वताए । 

विशेष