News राजनीति

नेता राजकिशोरको अठोट– कुनै लोभ लालचमा फस्दैनौं, पार्टी फुटाउँदैनौं

नेता राजकिशोरको अठोट– कुनै लोभ लालचमा फस्दैनौं, पार्टी फुटाउँदैनौं

जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले मिडियामा जसपा फुटको हल्ला आएको भन्दै आफुहरु कुनै लोभ लालचमा नफस्ने र पार्टी नफुटाउने बताएका छन् ।

जसपाको महन्थ ठाकुर, राजेन्द्र महतो लगायतको समुह सरकारमा जाने तथा वावुराम–उपेन्द्र समुह माओवादी केन्द्रसँग एकीकरण गर्ने हल्ला चलिरहेका वेला यादवले यस्तो वताएका हुन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले सत्ता सहकार्यको विषयलाई पनि पार्टी फुटको आधार वनाईएको भन्दै जसपाले सही समयमा सही निर्णय लिने वताए । उनले भने–‘सहमतिको राजनीतिलाई अगाडि बढाउनुस्, हाम्रो दल त्यसको लागि तयार छ । जनता समाजवादी पार्टी एकढिक्का छ र कसैको कारणले हामी फुट्नेवाला छैनौँ । हामी कुनै लोभ, लालचमा फस्नेवाला छैनौँ । हामी विवेकपूर्ण, देशको हितमा, हामी यो देशलाई अगाडि बढाउनका लागि सही समयमा सही निर्णय लिन्छौँ ।’ 

रेशम चौधरीको रिहाइको विषलाई सरकारले लेनदेनको विषय वनाएको भन्दै उनले दुःख ब्यक्त गरे । संविधान संशोधन र रेशम चौधरी रिहाइको कुरा गर्दा त्यसलाई लेनदेनको विषय वनाउन नहुने उनको भनाई छ । 

चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुने वताएका उनले सिके राउत तथा नेत्र विक्रम चन्द विप्लवसँग वार्ता गरेर सरह नै थारुहट आन्दोलनकारीसँग पनि ब्यवहार गर्नु पर्ने वताए । आन्दोलनकारीलाई राजबन्दीसरहको व्यवहार हुनुपर्ने र राजनीतिक समस्याको रूपमा लिएर समस्या समाधान गरिनुपर्ने उनको भनाई थियो ।

‘हामी संविधान संशोधनका कुरा गर्दा तपाईँहरू सरकारमा आइदिनु प¥यो भन्नु हुन्छ। रेशम चौधरीको कुरा गर्दा सरकारको लेनदेनको विषय बनाउँछ’ उनले भने–‘मलाई लाग्छ, रेशम चौधरी सरकारको लेनदेनको विषय हुनु हुँदैन । त्यो सर्तको रूपमा बुझ्नु हुँदैन, नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो । रेशम चौधरी राजबन्दी हो । थारुहट आन्दोलनमा भएका सम्पूर्ण आन्दोलनकारीसँग राजबन्दी सरह व्यवहार गरेर राजनीतिक समस्या जसरी समाधान हुन्छ त्यसरी गरेर समाधान गर्नुपर्छ ।’

विशेष