सरकारको प्रभावकारी कदमले कोरोना कहरमा पनि अर्थतन्त्रमा चाँडै सुधार आयोः शेखर गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको प्रभावकारी कदमले कोरोना कहरका कारण तहस नहस भएको अर्थतन्त्रमा चाँडै सुधार आएको वताएका छन् ।
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँगै गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो वताएका हुन् ।
सरकारले छिटै कोभिडविरुद्ध खोप ल्याएको भन्दै उनले आभार व्यक्त गरे। ‘नेपालमा लगानी र व्यापारिक वातावरण बन्दै गएको छ । बैंकको तरलता घट्दै गएको छ’ उनले भने–‘देश क्रमशः औद्योगिक बन्दैछ । यो सरकारको प्रभावकारी नीति र कामकै कारण भएको हो ।’
अन्य उद्योगी व्यवसायीले पनि सरकारको प्रभावकारी नीतिकै कारण उद्योग वाणिज्य क्षेत्रमा सकारात्मक संकेत देखिएको वताए । सरकारलाई अझ व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपाली उद्योगका लागि सहज व्यापार गर्न, पूर्वाधारमा लगानी बढाउन, स्वादेशी उत्पादनलाई बढाउन र निर्यात गर्न अझै प्रभावकारी सरकार नीतिको खाँचो रहेकोमा जोड दिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वदेशमै रोजगारीको प्रवद्र्धन, उत्पादकत्व बृद्धि र बलियो अर्थतन्त्र निर्माणका विषयमा अमूल्य सुझावका लागि उद्यमी÷व्यवसायीहरुलाई धन्यवाद दिए ।