सिटिभिटीको प्रश्नपत्र बेच्ने पांच पक्राउ

जनकपुरधाम
सिटीइभिटीको प्रश्नपत्र आउट गरि फोटो कपि बेच्ने पांच जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । जनकपुर धाम उपमहानगरपालिका वडा नमबर ४को तिरहुतिया गाछी नजिक रहेको फोटो कपि गर्ने पसलेहरुले सो प्रश्नपत्र बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको छ ।
परिक्षामा प्रहरीले चेकजांच जर्दा परिक्षार्थीहरुसंग एकै प्रकारको चिटहरु बरामद भएपनि प्रहरीले सो स्थानहरुमा रहेको फोटो कपि पसलमा छापा हानेको थियो ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले घटनाको अनुसन्धान भईरहेको जानकारी दिए ।