News

माधव समुहवाट ओली समुहमा किन सरे कृष्णभक्त ?

माधव समुहवाट ओली समुहमा किन सरे कृष्णभक्त ?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार समूहका सांसद कृष्णभक्त पोखरेल अध्यक्ष केपी शर्मा ओली समूहमा लागेका छन्। बालुवाटारमा बोलाएको संसदीय दलको बैठमा नजाने समूहको निर्णय विपरित पोखरेल बालुवाटार गएका हुन्।

संसदीय दलको बैठकमा बोल्दै पोखरेलले अब मूलधारको एमालेमा लागेको बताए। अब प्रधानमन्त्री ओलीलाई साथ दिने बताउँदै पोखरेलले भने–‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नुपर्ने कुरा सकियो । अब मूलधारको एमालेमा लागें, कहीकतै गल्ती भए माफी पाउँ ।’

ओली नेतृत्वको सरकारले पाँच वर्ष काम गर्नुपर्नेमा जोड दिँदै पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने ओलीको अभियानलाई साथ दिने बताए। 
खनाल–नेपाल समुहको दुई दिने गोष्ठि पनि सहि नभएको उनले वताए । केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार पाँच वर्षसम्म चलेर नेपाली जनतासँग गरेको संकल्प पूरा गरेर फर्कने दृढ अठोट र विश्वासका साथ आफु ओली समुहमा आएको उनले वताए ।

पोखरेल यसअघि पनि दलको नेताले बोलाएको बैठकमा जानुपर्ने पक्षमा थिए। चैत ५ गतेको बैठकमा पनि पोखरेलले बैठकमा जानुपर्ने बताउँदै आएका थिए।

विशेष