आन्तरिक मतभेद त्यागे कांग्रेसलाई दुईतिहाइ ल्याउन कसैले रोक्न सक्दैनः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्नका लागि मरिहत्ते नगर्ने तर, आईलागे नछोड्ने वताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसको अवसरमा चितवनमा आयोजित युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आफु प्रधानमन्त्रीका लागि लालायित नभएको उनले प्रष्ट पारे।
‘प्रधानमन्त्री बन्न लालायित छैन टाउकोमा आयो भने भाग्ने वाला नि छैन’ – उनले भने।
सभापति देउवाले जनता भन्दा ठुलो मालिक कोहि नभएको वताउँदै आगामी चुनावमा पार्टीलाई जिताउने हो भने नेता कार्यकर्ताले कम्तीमा पनि वर्षको तीनपटक जनताको घरमा जानुपर्ने वताए ।
पार्टीको आन्तरिक मतभेदलाई त्यागेर कार्यकर्ताहरूलाई अघि बढ्न सुझाव दिएका देउवाले सहमतिवाट अघि वढे आगामी चुनावमा कांग्रेसलाई दुईतिहाइ ल्याउन कसैले रोक्न नसक्ने दाबी गरे।