News

माधव नेपालसहित ५ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय 

माधव नेपालसहित ५ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय 

नेकपा एमालेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपालसहित ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ ।

माधव नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय भएको जनाईएको छ ।

यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गर्ने तथा अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।

बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको एक नेताले वताए ।

ध्यक्ष केपी शर्मा ओली पक्षको १२औं केन्द्रीय कमिटी बैठक बालुवाटारमा वसको छ ।

स्रोतका अनुसार बैठकमा संसदीय दलको विधान अनुमोदन, अध्यक्षलाइ अधिकार प्रत्यायोजन, महाधिवेशन आयोजक समिति गठन, कार्य विभाजन, स्थायी कमिटी पुनर्गठन, जनसंगठनको जिम्मेवारी र पार्टी हितविरोधी गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एजेण्डा छलफलका लागि तय गरिएका छन् । 

वैठका असन्तुष्ट माधव नेपाल समूह भने सहभागी छैन । पार्टी एकताका पक्षधर उपाध्यक्ष वामदेव गौतम संसदीय दलको बैठकमा भाग लिए पनि केन्द्रीय समिति बैठकमा वसेका छैनन्। 

विशेष