News

स्पष्टिकरण सोध्ने नेताको लिष्टवाट यसरी हट्यो झाँक्रीको नाम

स्पष्टिकरण सोध्ने नेताको लिष्टवाट यसरी हट्यो झाँक्रीको नाम
यसअघि रामकुमारी झाँक्रीलाई पनि स्पष्टिकरण सोध्ने निर्णय भएको थियो । तर, झाँक्रीको हैसियत नपुगेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले झाँक्रीको नाम हटाएको जनाईएको छ ।

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली थप अधिकार दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई थप अधिकार प्रत्यायोजन गरेको हो। 

वैठकले समानुपातिक सांसद राख्न र हटाउन सक्ने अधिकार अध्यक्षलाई दिएको छ । 

पार्टीमा कार्य विभाजन, स्थायी कमिटी पुनर्गठन, जनसंगठनको जिम्मेवारी हेरफेर लगायतका निर्णय समेत भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय वैठकले गरेको छ । वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले वताए ।

पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीको भनाइ छ। यसअघि रामकुमारी झाँक्रीलाई पनि स्पष्टिकरण सोध्ने निर्णय भएको थियो । तर, झाँक्रीको हैसियत नपुगेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले झाँक्रीको नाम हटाएको जनाईएको छ ।

त्यसैगरी एमाले संसदीय दलको विधान अनुमोदन भएको छ । बैठकले हाल कायम रहेको २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा परिणत गरेको छ ।

यसअघिको ०७८ मंसिर ३ देखि ६ गतेसम्म १० औं महाधिवेशन गर्ने निर्णयलाई कार्यान्वयन गर्न आयोजक कमिटी वनाईएको हो । 

विशेष