कंचनवन राम खेलै होरी.......

कंचनवन राम खेलै होरी.......


जनकपुरधाम
तोरेसंग जेवौ हे किसोरी जी
खेलब रंग अविर....

शनिवार मैथिलीको भाषाको यस्तै लोक गितहरुको लय तानमा नाच्दै परिक्रमावासीहरु एका विहान महोत्तरीको कंचनवन आई पुगेका छन । होलीको गित र एक अर्कालाई रंग लगाउदै होली खेल्दै परिक्रमामा सहभागिता देखाएका थिए । त्रेता युगमा भगवान रामले मिथिलामा होली खेल्न आएको र सो होली महोत्सव महोत्तरीको कंचनवनमा खेलेको धार्मिक विश्वास रहेको छ । यीनै धार्मिक आस्था र विश्वासको कारणले अहिले पनि मिथिलाको माध्यमिकी परिक्रममा धुव्रकुण्ड पछि जब कंचनवनमा प्रवेश गर्ने गर्न परिक्रमावासी होलीको रंगमा रगिन्छन ।  यस ठाउमा भगवानलाई प्रसाद स्वरुप रंग अविर नै चढाएर होली खेल्ने गरेका छन । 
फागुनको आँैशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरि १ सय २० किलोमिटर भू–भाग साधुसन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्दछन् ।बृहत्, मध्य र अन्तरगृह गरि ३ प्रकारको परिक्रमा गर्ने चलन छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेख्य नै छ । डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी किर्तन सहित मौलिक पहिरनमा लाखाँै नर–नारीहरु सहभागी हुने गर्छन । लावा लस्कर सहित मिथिलाको चारै स्थानका धार्मिक स्थलहरुको परिक्रमा गर्ने परम्परा छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ ।१५ दिने माध्यमिकी परिक्रमलाई नै मध्यमा परिक्रमा भनिन्छ । १५ दिने परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किन्छ र जनकपुरधामको पाँच कोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।

मिथिला महात्म्य अनुसार १८ औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाइदैँ आएको छ । यस यात्रामा सहभागी हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा गर्नुपर्छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी हुने गर्छन् भने नेपालका विभिन्न स्थलबाट पनि साधुुसन्त सहभागी हुने गर्दछन् ।
 

कंचनवन परिक्रमावासी मिथिला महात्म्य

संम्बधित खबर

विशेष