एमाले संसदीय दलको बैठक नेपाल पक्षद्वारा वहिस्कार, गौतम सहभागि
नेकपा एमाले संसदीय दलको बैठक माधव नेपाल पक्षले वहिस्कार गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार जारी वैठक वहिस्कार गरेको एक नेताले वताए । उपाध्यक्ष वामदेव गौतम भने वैठकमा सहभागि भएका छन् । पुस ५ गते संसद् विघटनपछि नेकपाका ओलीसमूह र माधव–प्रचण्ड समूहले देशभर सभा गरेका थिए । गौतम भने कुनै समूहमा सहभागि भएका थिएनन्। वरु, आफ्नै नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका थिए।
सर्वोच्चले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा ब्युँताइदिएपनि उनी कुनै समूहमा सहभागी भएका थिएन। शनिबार संसदीय दलको बैठकमा भने उनको सहभागीता देखिएको छ ।
संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने जनाईएको छ ।
यसैगरी, माधव समुहले शनिबारको केन्द्रीय कमिटी बैठक पनि बहिष्कार गरेको छ। शुक्रबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यको बैठकले संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गरिएको निष्कर्ष निकालेको छ।
संसदीय दलको बैठकपछि केन्द्रीय समितिको बैठक बस्ने एक नेताले वताए । १२ औँ केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी बनाउने वताईएको छ ।