News राजनीति

गुट चलाउनेलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय

गुट चलाउनेलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय

नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीमा गुट चलाउने नेता÷कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको दलको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

‘पार्टीभित्र सबैले सहभागी भएर कुरा राख्न सक्छ’ एक नेताले भने–‘तर, कसैले गुटगत रूपमा आफ्नो कुरा नराख्ने छुट कसैलाई हुँदैन।’ संसदीय दलको बैठक कुन ठाउँमा बस्ने भन्ने त्यसको कुनै फरक नपार्ने उनले तर्क छ। 

वैठक वस्ने स्थानको विषयमा विवाद गर्नै नहुने उनले वताए । ‘वैठक सडकमै बोलाएपनि हामी बस्न तयार हुनुपर्छ।’– उनले भने । 

कार्वाहिको विषयमा भने बोर्डले निर्णय गर्ने प्रमुख सचेत विशाल भट्टराईले वताए । प्रधानमन्त्री ओलीले गुटको कुरा नसुन्ने कुरा बताएकाले गुट चलाउने नेता÷कार्यकर्तालाई आवश्यक्ता अनुसार कारवाही गरिने उनले जनाए ।

अर्कोतर्फ माधवकुमार नेपाल पक्षले भने वैठकमा आफ्नो धारणा लिखित रूपमा पठाएको छ । माधव नेपाल समूहका सांसद सोम पाण्डेले संसदीय दलको बैठकमा मागपत्र बुझाएका थिए। ‘त्यसको बारेमा पनि छलफल हुन्छ’ भट्टराईले भने।

विशेष