News राजनीति

हामी ओलीसँग गएका होइनौं, पूर्वएमाले ब्युँतिएपछि पुरानो ठाउँमा फकिएका हौं –नेता नेपाल

हामी ओलीसँग गएका होइनौं, पूर्वएमाले ब्युँतिएपछि पुरानो ठाउँमा फकिएका हौं –नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पुर्व एमाले ब्युँतिएपछि बाध्यतावश पुरानै ठाउँमा फर्किनु परेको जिकिर गरेका छन्। आफुहरु ओलीसँग नगएको वताएका उनले ‘पूर्वएमाले ब्युँतिइसकेपछि केपी ओली पनि त्यहीँ आउने हो हामी पनि त्यहीँ जाने हो’ भने।

उनले भने–‘केपी ओलीमा जाने होइन, एमाले पुरानै ठाउँमा फर्किनु पर्छ।’ अहिलेको विवाद नै यही भएको वताएका नेपालले ‘कुर्सीको लडाईँ होइन, ओली प्रवृत्तिविरुद्धको संघर्ष गरिरहेका छौं’ भने।

आफू निकट युवा संघले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसलाप्रति उनले आपत्ति जनाए ।

ओलीप्रति आक्रोश ब्यक्त गरेका नेपालले उनको विचार नै गलत भएको वताए । उनले भने– ‘विचार गलत भएपछि आचरण, व्यवहार र कार्यशैली नै गलत हुन्छ।’

ओलीले बोलाउने कुनै पनि अवैधानिक बैठकमा आफूहरु नजाने नेपालको भनाई थियो । सरकारी निवासमा बोलाइने संसदीय दल र अवैधानिक तरिकाले बोलाइएको केन्द्रीय कमिटीमा सहभागी नहुने उनको भनाइ थियो।

नेकपा एमाले

विशेष