News

४० वर्ष भारतीय जेलमा रहेका दुर्गाप्रसाद थुनामुक्त

४० वर्ष भारतीय जेलमा रहेका दुर्गाप्रसाद थुनामुक्त

४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना आज (शनिवार) थुनामुक्त भएका छन् । 

दाजु प्रकाशचन्द्र तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि कोलकाताको दमदम केन्द्रीय कारागारवाट उनलाई रिहा गरिएको हो । 

उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएको थियो । उनलाई सुनुवाइबिनै ४० वर्ष जेलमा राखिएको थियो।

अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो ।

अदालतले प्रत्येक ६–६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने पनि भनेको छ । 

दुर्गाप्रसाद हत्या आरोपमा दार्जलिङबाट पक्राउ परेका थिए।

हत्या भारतीय जेल दुर्गाप्रसाद

विशेष