देउवा भन्छन्– एमालेभित्र झगडा हुनु ठूलो कुरा होईन, झगडा त हाम्रो पार्टीमा पनि छ
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले नेकपा एमाले भित्रको झगडा अस्वभावितक नभएको वताएका छ।
पार्टीको तरुण विभागले शनिबार चितवनको रत्ननगरमा आयोजना गरेको कार्यक्रममा वोल्दै उनले पार्टीभित्र झगडा हुनु ठूलो कुरा नभएको बताए । ‘एमालेमा झगडा छ । ओली र माधवमा झगडा छ । त्यो अस्वाभाविक हैन नि !’ उनले भने–‘झगडा त हाम्रो पार्टीमा पनि छ । फेरि मधेसवादीमा पनि झगडा छ ।’
नेकपा दुई पार्टीमा विभाजन भएको र एमाले भित्र पनि झगडा भएको वेलामा शेर वहादुर किन प्रधानमन्त्री नवनेको भनेर प्रश्न उठाउने गरिएको भन्दै उनले भने–‘यस्तो बेला पनि शेरबहादुर प्रधानमन्त्री किन बनेन भन्छन् । अहिले प्रधानमन्त्री बन्ने भनेर फस्ने कुरा हुँदैन।’
देउवाले अव चुनाव हुने अवस्था रहेकाले प्रधानमन्त्रीभन्दा पार्टी बलियो बनाउनेतर्फ लाग्नुपर्ने बताए। अदालतले एमाले र माओवादी केन्द्र ब्युँत्याए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले अहिलेको सरकारसँग बहुमत रहेको बताए ।