News अपराध सुरक्षा

महोत्तरीका झा दम्पत्तिलाई बेपत्ता वनाएको घटनामा चार जना पक्राउ

महोत्तरीका झा दम्पत्तिलाई बेपत्ता वनाएको घटनामा चार जना पक्राउ

महोत्तरीको पिपरा–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीलाई सुतेकै कोठाबाट ओछ्यानसहित सुतेको ओछ्यानसहित बेपत्ता वनाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आईतवार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । पिपरा गाउँपालिका–५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षीय राजेन्द्र यादव र भारतको मधुवनी घर भई पिपरन–६ बनौली बस्ने हरेन्द्र ठाकुरलाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।

झा दम्पती गत फागुन १० गते रातिदेखि नै वेपत्ता छन्। उनीहरुको वारेमा प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।

बेपत्ता दम्पतीको खोजीसहित घटनाको थप अनुसन्धान भइरहेको एसपी दिनेश आचार्यले वताए । पक्राउ परेकामध्ये हरेन्द्र ठाकुर जग्गाका कारोबारी हुन् । उनले सहोडवामा प्लटिङ गरेको १३ बिघा जग्गाको उत्तरतर्फ मुसाफिर झाको १४ कट्ठा जग्गा छ । हरेन्द्रले आफ्नो प्लटिङमा बाटो बनाउन झालाई जग्गा बेच्न पटक–पटक दबाब दिँदै आएको खुलेको प्रहरीले जनाएको छ ।

विशेष