News राजनीति

पार्टी कानुनी रुपमा फुट्ने अवस्था आए मेरो साथ केपी ओलीलाई : सांसद चौधरी

पार्टी कानुनी रुपमा फुट्ने अवस्था आए मेरो साथ केपी ओलीलाई : सांसद चौधरी

प्रचण्ड–माधव नेपाल पक्षमा रहेर पुस ५ गतेको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी समानुपातिक सांसद गंगा चौधरी सतगौंवाले पार्टी कानुनी रुपमा फुट्ने अवस्था आए केपी शर्मा ओलीलाई हुने संकेत गरेकी छन् ।

चौधरीले फेसबुकमा व्यक्तव्य दिएर यस्तो वताएकी हुन् । पार्टी एकता बचचाउन नसकेर पार्टी अन्तिममा फुट्ने अवस्था आउँदा एउटा पक्षलाई साथ दिनुपर्ने र त्यो अवस्थामाा आफ्नो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधारको प्रतिनिधित्व गर्ने नेतालाई रहने उनले वताएकी छिन् ।

‘कुनै एउटा पक्षलाई साथ दिनु पर्दा मेरो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधारको प्रतिनिधित्व गर्ने, राष्ट्रियताको पक्षमा खरो रुपमा उत्रने, दुवै मित्रराष्ट्रलाई समदुरीमा राख्न सक्ने ल्याकत भएको, जनजिविकिकाको सवाललाई उच्च प्राथमिकता दिने, राजनीतिक स्थिरताको पक्षधर, मुलुकको विकास र सम्बृद्धिको लागि खरो उत्रने सक्ने क्षमता भएको र आम जनताले तुलनात्मक रुपमा रुचाएको पक्षलाई मेरो साथ र सहयोग रहनेछ– उनले भनेकी छिन् ।

चौधरीले सरकार र पार्टीको नेतृत्व गरिसकेका ६५ वर्षमाथिका नेताहरुले संयुक्त वक्तव्यमार्फत स्वेच्छिक रुपमा दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरि पार्टीको संरक्षक सल्लाहकारको भूमिका रहन आग्रह समेत गरेकी छन् ।

विशेष