प्रचण्डलाई भारतले प्रधानमन्त्री वन्न नदिने भन्दै सांसदहरु ओली पक्षमा
प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले असंवैधानीक ठहर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा गर्न चौतर्फी दवाव छ । तर, प्रधानमन्त्री ओलीले भने आफुले राजिनामा नदिने र हिम्मत भए अविश्वासको प्रस्ताववाट हटाएर देखाउन चुनौती दिदै आएका छन् ।
नेकपाको दाहाल–नेपाल समूहले संसद् विघटन भएकै दिन पुस ५ मा संसद् सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव र लगातारको दौडधुपले पनि अव ओलीको भविष्य के होला भन्ने सर्वत्र चासोको विषय छ ।
अर्कोतर्फ फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनःस्थापना गरे लगत्तै चितनवको कार्यक्रममा रहेका पुस्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तत्काल काठमाण्डौं फर्केर नेपाली कांग्रेस र जसपासँग सत्ता सहकार्यका लागि आग्रह गरे । प्रचण्डको यो हुटहुटीका कारण पनि प्रधानमन्त्रीमा ओलीको भविष्य लामो नदेख्नेहरुको संख्या ठुलो छ ।
पार्टी र सरकार दुवैतर्फ रक्षात्मक अवस्थामा रहेका ओली प्रधानमन्त्रीवाट हट्ने र प्रचण्ड वा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा मध्ये एक जना प्रधानमन्त्री वन्ने अडकलवाजी सुरु भएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकिकरण हुँदा ओली र दाहालका विचमा आधा÷आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति थियो । तर, अन्तिम समयमा ओलीले प्रचण्डलाई मौका नदिएपछि अहिलेको अवस्था उत्पन्न भएको र यो अवस्थामा प्रचण्डले ओलीलाई हटाउन कुनै कसर वाँकी नराख्ने आम वुझाई छ ।
०६२/६३ सालपछि नेपाली राजनीतिमा खेलाडिको रुपमा उदायका प्रचण्ड अहिले पनि उत्तिकै प्रभावशाली छन् । प्रचण्ड विना राजनीति अहिले पनि अपुरो छ। अन्य कम्युनिष्ट पार्टीका नीति÷शिद्धान्त र ब्यवहारमा देखिएको फरकका कारण तुलनात्मक रुपमा प्रचण्ड धारनै कम्युनिष्टको मुल धार हो भनेर मान्नेहरुका कारण पनि उनको छवी यथावत छ। पुँजीपति, सौखिन र परिवारवादको राजनीति डुवेको भनेर लाग्ने आरोपका विचमा पनि यावत कारणले अवको राजनीति र सरकारको नेतृत्व प्रचण्डकै सेरोफेरोमा घुम्ने आम विश्लेषण छ ।
तर, कतिपय राजनीतिक विश्लेषकहरु भने तत्कालका लागि प्रधानमन्त्रीमा ओलीको विकल्प देख्दैनन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिती, छिमेकी मुलुकको भुमिका तथा प्रतिपक्षि दलभित्रको दुई धारे राजनीतिक अवस्था कारण पनि प्रधानमन्त्रीमा ओलीकै निरन्तरता रहने उनीहरुको विश्लेषण छ ।
चीनको कमजोर प्रभाव
नेपालको राजनीतिमा चीन अमेरीका÷भारत, र पश्चिमा देशहरुको प्रभाव कसैवाट लुकेको छैन । यि मध्ये चीनको प्रभाव नेपालमा तुलनात्मक रुपमा कमजोर छ । विश्लेषकहरु भन्छन्–‘प्रचण्डलाई चीनको साथ छ। तर, नेपालको राजनीतिमा चीनको भुमिका कमजोर भएका कारण प्रचण्ड प्रधानमन्त्री वनिहाल्ने अवस्था छैन ।’
सशक्त भारत
छिमेकी मुलुक भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दुहरुको अपार समर्थन छ। औपाचारीक रुपमा नभएपनि मोदी नेपाललाई हिन्दु राष्ट्र भएको हेर्न चाहान्छन् । तर, त्यसको ठिक विपरित प्रचण्ड हिन्दु राष्ट्रको विपक्ष र धर्मनिरपेक्षताका लागि जनयुद्ध लडेर आएका नेता हुन् । यस अर्थमा पनि भारतले प्रचण्डलाई प्रधानमन्त्री वनाउन चाहेको छैन ।
अर्कोतर्फ वोलिले कसैलाई नविझाउने तर अधिकांश प्रतिवद्धता पुरा गर्न नसकेका कारण पनि भारत र अमेरीका लागायनका मुलुकले प्रचण्डलाई विश्वास गर्न सकेका छैनन् ।
भारतले नचाहेसम्म नेपालमा प्रधानमन्त्री वन्ने सम्भावना नभएको र वनिहाले पनि लामो समय टिक्न नसक्ने कुरा आम वुझाई हो । यस अर्थमा प्रचण्डको तत्काल प्रधानमन्त्री वन्ने अवस्था नरहेको विश्लेषकहरु वताउँछन् । यहि वुझाई कारण पनि अहिले नेकपाका कतिपय सांसदहरु ओली खेमामा पुगेको उनीहरुको विश्लेषण छ । ‘प्रचण्डलाई भारतले प्रधानमन्त्री वन्न नदिने भएपछि उनको पक्षमा लागेर के हुन्छ र ?’ भन्ने वुझाईले काम गर्न थालेको उनीहरु वताउँछन् ।
ओलीलाई भारतको साथ
अर्को तर्फ भारतसँग ओलीको नजिकको सम्वन्ध छ। केहि समयअघि भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल नेपाल आएर प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए । भेटघाटमा भारतीय संस्थापन पक्षको साथ रहेको भन्दै गोयलले ओलीलाई विश्वस्त वनाएका खवर समेत सार्वजनिक भएका थिए । प्रचण्ड स्वयम्ले पनि केहि समय अघि ‘जति नै राष्ट्रवादी भएपनि ओली भारत परस्त नेता’ भन्दै दिएको अभिब्यक्तिले पनि उनको भारतसँगको सम्वन्ध स्पष्ट हुन्छ ।
यसैगरी, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई नेकपाका दुवै पक्षले प्रधानमन्त्री वन्न आग्रह गरेका छन् । तर, तत्कालका लागि प्रधानमन्त्री नन्ने सम्भावना उनको पनि कमजोर रहेको एक राजनितिक विश्लेषक वताउँछन् । ‘दुवै पक्षले उनलाई प्रधानमन्त्री वनाउने आश्वासन त दिए तर ब्यवहारीक रुपमा त्यो अवस्था छैन’ उनी भन्छन्–‘प्रचण्ड–माधव समुहले प्रधानमन्त्रीका लागि प्रचण्डको नाम वुझाएको छ। अविश्वासको प्रस्ताव अगाडि वढेपछि देउवाको सम्भावना कहाँ छ ?’
कांग्रेसको दुई धारे राजनीति
अर्कोतर्फ कांग्रेस भित्र पनि सरकारमा जाने÷नजाने दुई धार छ। यहि अवस्थाका कारण कांग्रेस अहिले पनि ‘पर्ख र हेर’ को नीतिमा अगाडि वढेको छ। यसैगरी, देउवालाई पार्टी मिलाएर सरकारमा जान पनि त्यति सहज छैन । सरकारमा जान हुँदैन भनेर देउवालाई रोक्न खोज्ने पक्षका कारण पनि उनको सम्भावना कम देखिन्छ। यसैगरी, भारतको इसारा पनि देउवाका लागि महत्वपुर्ण छ ।
यि यावत कारणले हाल प्रधानमन्त्रीमा ओलीको विकल्प नरहेको विश्लेषकहरु वताउँछन् ।