प्रहरीकै सेटिङ्गमा खुलेआम तस्करी, करोडौंको राजश्व गुम्दै

प्रहरीकै सेटिङ्गमा खुलेआम तस्करी, करोडौंको राजश्व गुम्दै

जनकपुरधाम- प्रदेश २ मा भन्सार कर्मचारी र सुरक्षाकर्मीकै मिलोमतोमा भन्सार छलेर सुर्तीजन्य पदार्थदेखि दैनिक उपभोग्य बस्तुकोसमेत तस्करी बढेको छ  । सरकारले एक सय रुपैयाँ भन्दा बढी मूल्यका सामानमा पनि भन्सार शुल्क लिन कर्मचारी र सुरक्षाकर्मीको व्यवस्था गरेको छ । बजारमा सहज रुपमा पाइने गरिएको  सुर्तिजन्य पदार्थको भन्सार भने शुन्य नै तिरेको पाइने गरिएको छ । तर बजारमा भने जतात्यतै समानहरु बिक्री भईरहेको छ ।  तर, दिनदहाँडै भन्सार नतिरी करौडौंमूल्यका सुर्तीजन्य पदार्थ र पान मसाला तस्करी गर्ने क्रम बढिरहेको  छ ।

कोरोना भाइरसको संक्रमणपछि ११ महिनादेखि नेपाल भारत सिमाना बन्द छ । तर, प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम लगायतका बजारमा चोर बाटो भएर ल्याईएका सुर्तिजन्य पदार्थ र पान मसालाको दैनिक एक करोड रुपैयाँ भन्दा बढिको कारोबार हुने गरेको अनुमान छ । चोरी पैठारी गरि ल्याईएका पानपराग, रजनीगन्धा, गुटखा, तुलसी लगायतका पानमसाला बजारमा खुलेयाम बिक्री हुन्छ । खुला सीमाको फाइदा उठाउँदै प्रहरी र कर्मचारीकै मिलेमतोमा विभिन्न नाकाबाट यस्ता सामान तस्करी हुँदै आएको स्थानीय बासिन्दाको आरोप छ ।

मावि तुलसियाही धनुषाका शिक्षक ईन्द्रकुमार झाका अनुसार सेटिंगको आधारमा नै समानहरुको तस्करी हुने गरिएको बताए । उनले चारै तिर सेटिंगको आधारमा कारोवार हुने गरिएको बताए । 

सिमा नाकामा खटिएका भन्सारका कर्मचारी र प्रहरी नै तस्करको हितैसी भएपछि चोरी र तस्करीका सामान बजारमा छ्यापछ्याप्ती पाइन्छ । चोरी पैठारी र निकासी नियन्त्रणका साथै राजश्व संकलनका लागि प्रदेश २ को आठै जिल्लाका सीमा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट र नेपाल प्रहरीको ईकाई रहे पनि अवैध कारोबार नियन्त्रण हुनुको साटो झन् झन् मौलाइरहेको छ । 

प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले सिमा क्षेत्रमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीलेसंयुक्र रुपमा सुरक्षा योजनाहरुको निर्माण गरेर कार्य गरिरहेको बताए । उनले तस्करी पुर्ण रुपमा नियन्त्रणमा रहेको बताए । 

प्रदेश प्रहरी प्रमुखले जेसुकै दाबी गरेपनि चोरी पैठारी गरि पानपराग, रजनीगन्धा, राजनिवास तुलसी लगायतका पानमसाला बजारमा खुलेयाम बिक्री हुन्छ । पानपराग, रजनीगन्धा, तुलसी, पानमसालाको भन्सारमा भने एक रुपैयाँ पनि राजश्व जम्मा भएको छैन । 

सुर्तिजन्य पदार्थको बिक्री बितरण नियन्त्रणका लागि प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजक्तमा सरोकारवला निकाय सम्मिलित समिति भएपनि यस्तो अबैध कारोबार नियन्त्रण हुन सकेको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका अनुसार सुर्ती सेवनबाट प्रत्येक वर्ष विश्व भरिमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ भने नेपालमा यसको संख्या २५ हजार रहेको छ । तर भन्सार कार्यालयको रेकर्ड हेर्ने हो भने पानपसला, गुट्खा, खैनी, सुर्ती तथा सुर्तीजन्य पदार्थको भन्सार काटेको आजसम्म कुनै रेकर्ड पाइदैन। पाईयो भने पनि नगन्य रुपमा मात्रै। सप्तरी जिल्ला भन्सार कार्यालयकै कुरा गर्ने हो भने विगत डेढ वर्षदेखि रजनीगन्धा, तुलसी, राजनिवास, राजश्री जस्ता गुट्खा र खैनीलगायत सुर्तिजन्य पदार्थको एक रुपैयाँ पनि भन्सार कटेको रेकर्ड छैन ।

जनकपुरधाम प्रदेश २ सुर्तीजन्य

संम्बधित खबर

विशेष