News अपराध सुरक्षा

आठ लाख घुससहित गाउँपालिकाका सवारी चालक पक्राउ, अध्यक्ष फरार

वीरेन्द्र रमण

आठ लाख घुससहित गाउँपालिकाका सवारी चालक पक्राउ, अध्यक्ष फरार

जनकपुर– धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीका चाकलाई अख्तियारले घुससहित पक्राउ गरेको छ ।

अध्यक्ष राउत क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।

सवारी चालक विर बहादुर मगरले चलाएको प्र.२–०२–००१ झ ०००२ नम्बरको स्करपियो गाडीमा रु. ८ लाख रकम लिएर भाग्ने क्रममा पक्राउ पर्ने भएपछि रकम फालेर क्षेत्री फरार भएको र उनका चालकलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

धनुषाको छिरेश्वर नगरपालिका –५ को बाटो छेउमा रकम फ्याकेर अध्यक्ष क्षेत्री फरार भएको र नीजका चालक मगरलाई वटेश्वर गाउँपालिका ४ बाट नियन्त्रणमा लिइएको अख्यितारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कमिसन बापत लिएको ८ लाख रुपैँया गाडीबाट फालेर फरार भएका अध्यक्ष क्षेत्रीलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरी स्थानीयवासी धर्नामा वसेका थिए ।

विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालबन्दी गरेका हुन् । उनीहरुले गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले कमिसन लिएको आरोप लगाएका छन् ।

गाउँपालिकाले सञ्चालन गरेका हरेक योजनाको फाइल नियन्त्रणमा लिई थप अनुसन्धान गर्न समेत अख्तियारसँग उनीहरुले माग गरेका छन् । एउटै योजनाको अन्तिम भुक्तानमीमा मात्र ८ लाख रुपैँया बढी कमिसन लिएको आरोप लगाउँदै तालाबन्दी गरेका युवाहरुले सबै योजनामा ठेकेदार, उपभोक्ता समिती तथा कर्मचारीलाई थर्काउँदै व्यापक कमिसन अशुल गरेको आरोप लगाएका छन् ।

अख्तियार घुससहित पक्राउ

विशेष