आफ्नै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने सरकारबाट नागरिकले के आश भरोसा गर्ने ? : गगन थापा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली आफैँले सुरक्षा चिन्ता गर्नुले आफू अचम्मित भएको बताएका छन् ।
सर्लाहीको धनकौलमा नेपाली कांग्रेसले आयोजना गरेकोे बृहत् आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले आफनै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने वर्तमान सरकारले नागरिकको सुरक्षा गर्न नसक्ने दाबी गरे।
‘आफ्नै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने यो सरकारबाट नागरिकले के सुरक्षाको आश/भरोसा गर्ने ? प्रधानमन्त्री आफै सुरक्षा माग्दै हिँड्न थाल्नुभएको छ, प्रधानमन्त्री ओलीको बोलीमा अब कुनै तुक छैन, जताततै जुनसुकै बेला जे हुँदो बोलेर हिँड्नु हुन्छ’ थापाले भने–‘उहाँले रोजेको प्रतिगमनको बाटोलाई अदालतले ठेगान लगाइ दिएपछि प्रधानमन्त्री रनभुल्लमा पर्नुभएको छ, अब निर्वाचन आयोगले नेकपाभित्रको विवादलाई चाँडै टुङ्गो लगाइदिएर बाटो खोली दिनुपर्छ।’
कांग्रेस अहिलेकै अवस्थामा सरकारमा जान नहुने पनि उनले बताए। नेकपाभित्र भाँडभैलो मच्चिएका बेला कांग्रेस सरकारमा जान हतार गर्न नहुने उनको भनाई छ ।
कांग्रेसलाई नागरिकले सरकारमा जानभन्दा पनि प्रतिपक्षमा बसेर सरकारका गलत कामको खबरदारी गर्न मत दिएकाले प्रतिपक्षमा नै बसेर संविधानको रक्षा गर्नुपर्ने उनले वताए ।
सुरक्षा नेकपाभित्र भाँडभैलो