सबैमाथि खड्ग चलाउदैछ , होशियार : भटटराई

काठमाडौ
जसपाका केही नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली प्रति नरम बन्दै गएपछि सोही पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भटटराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई सिद्धाउने खेलमा लागेको बताएका छन ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले ओली नेपालको नयां हिटलरको रुपमा उदय भएको बताएका छन ।जसपाका केही नेताहरु ओलीलाई आफनो मांग पुरा गर्न सकारात्मक रहेको र पार्टी भित्रै सत्तामा सहज प्रवेशमा विवाद रहेको छ । भटटराई ओलीका कटु आलोचक हुन । जसपामा पार्टीका अध्यक्ष उपेन्द्र यादव र भटटराई ओलीको वर्हिगमनको पक्षमा छन भने महन्थ ठाकुर मुद्दा सम्बोधन भएको खण्डमा ओलीसंग समेत सहकार्य गर्ने पक्षमा देखिएका छन । यस्तै अवस्थामा भटटराईले समाजिक संजालमा आफनो धारणा राखेका छन । हिटलरको प्रसंग उप्काउँदै भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनकक । किनकि म यहुदी थिइन्,......अन्त्यमा उनीहरू मविरुद्ध आइलागे । कोही पनि बोलेन । किनकि कोही पनि बा‘की थिएन’ । नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ, जसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउककदैछ । होशियार !’