स्कुलहरुले विद्यार्थीहरुलाई कन्टेनवेस परिक्षा दिनका लागि मात्रै तयार पारेः ऋषी तिम्सिना [भिडियो अन्तरवार्ता]
विदेश जाने विद्यार्थीका लागि टोफेल÷आईएलटीस गराउने संस्था ग्रोसा प्रेपका डाइरेक्टर ऋषी तिम्सिनाले विद्यालय शिक्षालाई वढि शैद्धान्तिक भन्दा पनि ब्यवहारीक वनाउनु पर्नेमा जोड दिएका छन्। नेपाल आजको नियमित स्तम्भ ‘रिबुट’ मा प्रस्तोता कुमार थापासँग कुरा गर्दै उनले यस्तो वताएका हुन् ।
‘पाठ्यक्रम विकास केन्द्रले जुन खालको पाठ्यक्रम तयार पारेको छ, त्यहाँ विषयवस्तुहरु छन्, विभिन्न विषयका क्षेत्रहरु छन् । ति विषयवस्तुहरु विद्यार्थीहरुले जानुन, उनीहरुको नलेजको लेभल वढोस भन्ने उदेश्य राखिएको छ’ उनले भने–‘स्कुल लेभलको पढाई सकिएपछि उनीहरु शैद्धान्तिक र ब्यवहारीक दुवै तरिकाले स्वतः तयार हुन्छन् भन्ने कन्सेप्ट छ। तर, प्राक्टिकल्ली त्यस्तो देखिएको छैन ।’
शैद्धान्तिक रुपमा विद्यार्थीहरु दक्ष भएपनि त्यसलाई ब्यवहारमा उतार्नु पर्दा भने विद्यार्थीहरु कमजोर हुने गरेको उनी वताउँछन् । ‘विषयगत रुपमा हाम्रा विद्यार्थीहरु दक्ष होलान, हामीले त्यसमा ब्लेम गर्ने ठाउँ छैन । तर, विद्यार्थीहरुसँग जुन नलेज छ, उनीहरुले देखाउन सकिरहेका छैनन्’ उनी भन्छन्–‘विदेश जाने विद्यार्थीहरुको त्यहि कमी पुरा गर्न हामीले प्रयास गरिरहेका छौं ।’
विद्यार्थीहरुले ब्यवाहरीक वनाउन त्यसै अनुसार कोर्ष डिजाईन गरिएको वताएका तिम्सिनाले भने–‘सिकाई पद्धतीलाई यस्तो कोर्षमा डिजाईन गरेका छौं, विद्यार्थीसँग नलेज छ, केहि न केहि आईडिया छ । त्यसमा प्रस्तुतीलाई वढि जोड दिईन्छ । प्राक्टिकल्ली हुन सहयोग गर्छौ ।’
विद्यालय शिक्षाले विद्यार्थीका लागि एउटा आधार तयार गरेपनि सम्पुर्ण रुपमा ब्यवहारीक ज्ञान दिन नसक्दा ब्यवहारमा कमजोर हुने गरेको वताएका उनले उसले जानेका र वुझेका कुरालाई ब्यवहारमा पनि गर्न सक्ने शिक्षाको आवस्यक्ता रहेको वताए । ‘मेरो पनि सप्पै सिकाईको आधार त विद्यालय शिक्षा नै भयो । जति मैले विद्यालयमा सिके, हाईयर डिग्रीमा सिके। त्यसले नै मलाई यहाँसम्म आईपुग्न मद्धत गर्यो’ उनले आफनै उदाहरण दिदै भने–‘मेरो फाउन्डेसन त वनाई दियो तर मँसँग एउटा लर्निङ्ग एटिच्युज मैले आफै लिएर आएको थिए। र त्यसले पनि मलाई यो फिल्डमा आगाडि वढ्न मद्धत गर्यो ।’
स्कुलहरुले विद्यार्थीहरुलाई कन्टेनवेस परिक्षा दिनका लागि मात्रै तयार गरेको वुझेका उनले भने–‘जुन फिक्स करिकुलम छ, टेक्स्ट वुक छ, कोर्षहरु छ, हाम्रो टिचरहरुले पढाउनु हुन्छ। अनि त्यस्तो विषयवस्तुमा हाम्रो विद्यार्थीहरु पारङगत हुनुहुन्छ। र वहाँहरु कन्टेन वेस परिक्षा दिन राम्रो हुनुहुन्छ। कन्टेन राम्रो हुँदा खेरी उनीहरुको प्रस्तुती स्वतः राम्रो हुनुपर्ने मान्यता छ। तर, के भएको छ भने कन्टेनवेस परिक्षा दिन वानी परे। प्रोफिसिएन्सी टेस्टले चै नलेज भन्दा पनि भाषाको स्किल टेस्ट गर्छ । स्कुलहरुले गाडि÷वाईक कसरी चलाउने भन्ने विषयमा शैद्धातिक नलेजमा पारंगत वनाए । टोफेल÷आईएलटीस टेस्टले चै विद्यार्थीहरु प्राक्टिकल्ली गाडि÷वाईक चलाउन सक्छ की सक्दैन भनेर सेटिङ्गमा, त्यो टेक्स्टको कन्टेक्स्टमा लगेर इभ्यालुऐसन गर्छ । केहि विद्यार्थी राम्रा पनि छन्। फुल मार्क्स ल्याउने विद्यार्थीहरु पनि हुनुहुन्छ, तर आम विद्यार्थीको ट्रेन चै फिट हुने खालको छैन। ठुलो ग्याप देखिन्छ।’
भाषालाई विशुद्ध विषयको रुपमा पढाउने गरिएकाले ब्यवहारमा उदेश्य अनुसार काम नभएको वताएका उनले भाषालाई भाषाकै रुपमा अध्ययन÷अध्यापन गराउँदा वढि उपलब्धि मुलक हुने वताए । ‘हामीले अंग्रेजीलाई विषयको रुपमा पढायौं तर भाषाको रुपमा पढाएनौ । विद्यार्थीले अग्रेजी विषयमा कति नम्वर लिएर आयो ? धेरै नम्वर ल्यायो भने अभिभावक र विद्यालय परिवार खुसी भयौ। तर त्यो नम्वरको हिसावले विद्यार्थीले प्राक्टिकल रुपमा प्रस्तुती गर्न सक्छ ? त्यता तिर हामीले कहिलै ध्यान दिएनौं’ उनले थपे–‘भाषालाई विषयको रुपमा होईन, भाषाकै रुपमा हेर्ने । त्यसमा चै हामी कतै चुकेका छौ की भन्ने लाग्छ ।’
नेपाल आजको नियमित स्तम्भ ‘रिबुट’ मा प्रस्तोता कुमार थापा र ग्रोसा प्रेपका डाइरेक्टर ऋषि तिम्सिनाले गरेको चाखलाग्दो कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोला।