News राजनीति

प्रचण्डको लाचारीः राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा लम्पसार परेर ओलीले नेकपालाई दुई पार्टी वनाए

प्रचण्डको लाचारीः राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा लम्पसार परेर ओलीले नेकपालाई दुई पार्टी वनाए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा लम्पसार परेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई माओवादी र एमाले वनाएको आरोप लगाएका छन् ।

पेरिसडाँडामा आईतवार आयोजित ५६औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘ उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय के के सेटिङ गर्नुभयो, लम्पसार पर्नुभयो, के के गर्नुभयो तपाईंहरु नै अध्ययन गर्नुहोला र अहिले दुईटा पार्टी भयो।’

आफूहरुलाई सडकमा पु¥याएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए। ‘हामी बालुवाटार र सिंहदरबार घुम्ने भएका थियौं’ उनले भने–‘केपी ओलीले संसद् विघटन गरेर हामीलाई सडकमा पु¥याइदिनुभयो। सडकमा पु¥याउने भनेको जनतामा जाऊ भनेको हो।’

प्रधानमन्त्री ओलीको कदमले आफुलाई झन शक्तिशाली वनाएको उनले दावी गरे ।

प्रचण्ड प्रधानमन्त्री ओली लम्पसार

विशेष