फास्ट ट्रयाक निर्माणको अनियमितता प्रकरण छानविन गर्न उपसमिति गठन

काठमाण्डौ–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका क्रममा भएको भनिएको अनियमितता छानविन गर्न सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले उपसमिति गठन गरेको छ ।
सिंहदरबारमा सोमवार बसेको समितिको बैठकले फास्ट ट्र्याक निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा ५ सदस्यिय उपसमिति गठन गरेको हो ।
जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य रहेको उपसमितिलाई दोस्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार छनोट, बुङ्गमती खोकना क्षेत्रमा देखिएको विवाद, निर्माणका क्रममा भएका कमी कमजोरी र समयमै निर्माण सम्पन्न हुने÷नहुनेबारे अध्ययन गर्न भनिएको छ ।
काठमाण्डौ–तराई मधेश द्रुतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले निर्माण प्रक्रियाको दोस्रो चरणमा ठेकेदार कम्पनी छनोट गर्दा अनियमितता भएको उजुरीपछि समितिले त्यसतर्फ चासो देखाएको हो ।
फास्ट ट्र्याक अनियमितता उपसमिति छानविन