माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी, स्थायी कमिटी बैठक बोलाइयो
नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लगाएका विषयमा निर्णय लिन मंगलबार पार्टीको स्थायी कमिटी बैठक बोलाइएको छ।
बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा वस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् । आफ्नो पार्टीबाट अर्को पार्टीमा गएका नेताहरुलाई कारवाहीलगायका विषयमा पनि वैठकमा छलफल हुने जनाईएको छ ।
यस अघि वसेको माओवादी केन्द्रको बैठकले सरकारको समर्थन फिर्ता लिने, नेताहरुलाई कारवाही गर्नेलगायत अधिकार स्थायी कमिटीलाई दिएको छ ।