News

१५ केजी गाँजा सहित तीनजना सर्लाहीबाट पक्राउ

सर्लाही

सर्लाहीमा २५ केजी गाँजा सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अटो चालक लालबन्दी नगरपालिका वडा नं. १७ का ४५ वर्षीय पुष्प बहादुर फुँयाल, अटोमा सवार लालबन्दी नगरपालिका वडा नं. १७ का ४० वर्षीय सुरेन्द्र कुमार बल र वडा नं. १४ का ४१ वर्षीय पाल्साङ पाख्रीङ रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । तीनैजनालाई विशेष सुराकीको आधारमा लालबन्दी नगरपालिका वडा नं. १७ रानीगन्ज स्थित परवानीपुर देखी रानीगन्ज तर्फ चलाई ल्याइएको ज.१ ह. ४६०९ नं. को अटोलाई चेकजाँच गर्दा अटोबाट भित्र ३ वटा प्लास्टिकको पोकामा १५ किलो गाँजा र बलको साथबाट २५ हजार रुपैया बरामद गरेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान थालेको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाही गाँजा

विशेष