स्थानियवासी भन्छन : अभिक्त पक्राउ परेपनि वेपत्ता दम्पति कहा छन

महोत्तरी
सुतेको ओछयान सहित दम्पती बेपत्ता घटनामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेपनि वेपत्ता दम्पतिको अवस्था भने अहिलेपनि अज्ञात नै रहेको छ । प्रहरीले चार जनालाई पक्राउ परेर सार्वजनिक गरेप िस्थानियवासीहरु भने प्रहरीकै अनुसन्धान माथि नै प्रश्न उठाईरहेका छन । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाबाट झा दम्पती बेपत्ता भएको एक महिनापछि ४ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजनिक गरेको हो । प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनकै छोरा २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षिय कान्छो छोरा राजेन्द्र यादव र भारतको बिहार प्रान्त, जिल्ला मधुवनी, थाना मधुवापुर, ग्रामपंचायत तरैया वडा नम्बर २ स्थित अनदौली घर भई हाल जिल्ला महोत्तरी, पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित बनौली चोक बस्ने ५० वर्षिय हरेन्द्र ठाकुरलाइ सार्वजनिक गरेको छ ।
झा दम्पतीको अवस्था वा उनीहरु जीवित रहे नरहेको विषयमा अहिलेसम्म केही स्पष्ट हुन नसकेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । तर उनिहरुको अवस्थाको विषयमा प्रहरी भने मौन नै देखिएको छ । यति उनिहरु नै घटनामा संग्लन हो भने झा दम्पति कहा छन । आखिर यस विषयमा प्रहरी किन मौन छन । तर प्रहरीले यस विषयमा अनुसन्धान भईरहेको भन्दै उम्कीने गरेका छन । गत फागुन १० गते मध्यराति घरमा सुतिरहेकै अवस्थामा ओछ्यानसहित सरकारी जागिरबाट अवकास प्राप्त ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा बेपत्ता भएका थिए ।
प्रहरीले बेपत्ता भएका झा दम्पतिको खोज तलास गर्न हालसम्म डग स्नायफिंग, सुक्ष्म निगरानी, वरपरको घरहरूको तलासी, ५४ वटा साना ठूला पोखरी तथा पानी जमेको खाल्डाहरू, सम्भावित स्थानहरू, नदी, बगैचा, नहर र पुल समेतमा खोज तलास र ठुला पोखरीहरूमा दुई वटा बोट समेतको प्रयोग गरी खोज तलास गरेको उनले बताए । प्रहरी उपरिक्षक आचाचर्यका अनुसार प्रहरीले भारतीय सीमामा रहेका प्रहरी यूनिटहरूसंग समन्वय समेत गरेका छन् । उक्त घटनामा हालसम्म जिल्ला प्रहरी कार्यालय महोत्तरी, २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा जनकपुरबाट विभिन्न टोलीलपे अनुसन्धान गरेका छन् । अहिले नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबि) ले थप अनुसन्धान गरिरहेका छन् ।
पक्राउ परेका भारतिय नागरिक हरेन्द्र ठाकुरले जिल्ला महोत्तरी सहोडवा गा.वि.स.वडा नं. ६ स्थितको अं. १३ बिघा जग्गामा प्लटिंग गरेको, सो प्लटिंगको उत्तर तर्फ हाल बेपता पारिएको मुसाफिर झाको १४ कट्ठा जग्गा रहेको, सो जग्गा भन्दा उत्तर तर्फ निज हरेन्द्र ठाकुरको हाल बाटो नभएको २ बिघा जग्गा रहेको र सो जग्गामा जान निज मुसाफिर झाको जग्गा हुदँै बाटो लैजान मुसाफिर झाको १४ कट्ठा जग्गा विक्रि गर्न भनि पटक–पटक दवाव दिएको । र पटक पटक सोही सम्बन्धमा हरेन्द्र ठाकुरले आफनो प्लटिंगमा मुसाफिर झालाई बोलाउने गरेको । निजको जग्गामा बाटो नभएको कारण उक्त जग्गा खेतको भाउमा बिक्री हुने तर सोही जग्गा बाटो जोडी प्लटिङ गर्दा घडेरीको रूपमा उच्च मुल्यमा बिक्री हुने ।