News अन्तरवार्ता भिडियो स्वास्थ्य

स्वस्थ हुने वहानामा हामी रोगको पछि दगुर्यौं, स्वास्थ्यलाई वेवास्ता गर्यौं : डा. वस्नेत [भिडियो अन्तरवार्ता]

स्वस्थ हुने वहानामा हामी रोगको पछि दगुर्यौं, स्वास्थ्यलाई वेवास्ता गर्यौं : डा. वस्नेत [भिडियो अन्तरवार्ता]

वेलनेस अस्पतालका संस्थापक डा. जनकवहादुर वस्नेतले सानातिना स्वास्थ्य समस्या समाधान गर्न वडि सर्भिसिङ्ग महत्वपुर्ण विधि हुँदै गएको वताएका छन् ।

नेपाल आजसँगको विशेष कुराकानीमा वस्नेतले वडि सर्भिसिङ्गले केहि समस्या वाहेक शरिरलाई पहिलाकै अवस्थामा पुर्याउन सकिने दावी गरे । ‘वडि सर्भिसिङ्ग भन्नाले जसरी गाडिलाई निस्चित समय अथवा निश्चित दुरी चलाएपछि सर्भिस सेन्टरमा लगेर जनरल चेकअप देखि लिएर केहि समस्या छ भने समस्याको समाधान गरिन्छ। त्यसको उदेश्य के भने हामीलाई गाडिले विच वाटोमा धोका नदिओस अथवा विग्रिए पनि धेरै खर्च नलागोस भन्ने हो। लामो समय गाडि कन्डिसनमा दौडियोस भन्नका लागि हामी गाडि सर्भिसिङ्ग गर्ने गर्छौ’ उनी भन्छन्–‘त्यस्तै गरी हाम्रो शरिरमा पनि भित्र विभिन्न अर्गानहरु हुन्छन् । तिनले नियमित काम गरिरहेका हुन्छन् । र तिनमा पनि सर्टेन समस्याहरु आउन सक्छ, टुटफुट हुन सक्छ। त्यसको पनि मर्मत सम्भार समयमै गर्नु पर्ने हुन्छ । र हाम्रो शरिरले कुनै पनि समयमा धोका नदियोस भन्नका लागि, हाम्रो शरिर हेल्दी कण्डिसनमा सधैं रहोस भन्नका लागि गाडि सर्भिसिङ्ग गरे झै शरिरलाई पनि टायम–टायममा सर्भिसिङ्ग गर्नु पर्छ।’

समय–समयमा शरिरको सर्भिसिङ्गमा ध्यान दिने हो भने क्रोनिक किसिमका रोगहरु, हृदयघात, क्यान्सर लगायतका रोगवाट वच्न सकिने उनले वताए । ‘अहिले धेरै जसो रोगहरु लागि सकेपछि क्रोनिक टाईपको अथाव दिर्घ रोग जस्तो समस्या हुन्छ । कतिपय रोगको त रोग पुर्ण उपचार गर्न पनि सम्भव हुदैन । जस्तो उदाहरणका लागि क्यान्सर भई सकेपछि त्यसको कम्प्लिट उपचार गर्न त्यति सम्भव हुदैन’ वस्नेत भन्छन्–‘कतिपय अवस्थामा नसाको समस्यामा पनि (स्ट्रोक भयो अथवा हर्ट एट्याक भईसकेपछि) कतिपय अवस्थामा उपचार गर्न नपाउने अवस्था पनि हुनसक्छ । त्यसकारण यस्ता किसिमका रोगमहरु जुन समयमै यदि ध्यान दियौं अथवा वडि सर्भिसिङ्ग गर्यौ भने वचाउन सकिन्छ।’

सर्टेन टाईमको इन्टरभलमा शरिरको इन्टरनल क्लिनिङ्ग गर्ने, शरिरमा जहाँ समस्या छ, टुटफुट छ त्यसलाई समयमै रिपेयर र मेन्टिनेन्स गर्ने विधिलाई नै वडि सर्भिसिङ्ग भन्ने गरिएको वस्नेतले वताए । ‘अहिले होल वडि चेकअप गरेर रोगलाई पहिला नै पत्ता लगाउने भन्निन्छ। फुल वडि सर्भिसिङ्गि भनेको चै समस्याको कम्प्लीट समाधान, शरिरमा भएका आउन सक्ने सम्भाब्य रोगहरु, सम्भाब्य समस्याहरुको कम्प्लीट समाधान गर्ने उपाय हो’ उनले थपे–‘रोग लाग्नु भन्दा पहिला नै रोगको वाटो छेक्नु, शरिरलाई पुर्ण रुपमा स्वस्थ अवस्थामा मेन्टेन गरेर राख्ने विधि भनेको फुल वडि सर्भिसिङ्ग विधि हो । यो प्राकृतिक चिकित्सालयमा गरिन्छ ।’

कसरी गरिन्छ ?
यसमा प्राकृतिक उपचारका विभिन्न तरिका अपनाईन्छ । विशेष गरी शरिरको आन्तरिक सफाई गर्ने शरिररलाई सोधन गर्ने र फिजिकल्ली र मेण्टल्ली वडिलाई कम्प्लीटली रेस्ट दिने किसिमका विधि अपनाईन्छ। कुनै पनि ब्यक्ति आई सकेपछि फुल वडि चेकअप गर्नु पर्यो भने लाईफ स्टाईल, रिस्क फ्याक्टर लगायतको वारेमा जानकारी लिएर कुन ओर्गानमा काम गर्ने, कुन कुरामा वढि  फोकस गर्ने भनेर प्रोवलम फाइन्ड गर्ने काम हुन्छ । त्यसका आधारमा सर्टेन फोकस ट्रिटमेन्ट र सामान्य जनरलाईज ट्रिटमेण्ट हुन्छ । समस्याका आधारमा फोकस ट्रिटमेण्ट हुन्छ भने अर्को तर्फ होल वडिलाई क्लिनिङ्ग गर्ने डिटक्स गर्ने टक्सिनहरुलाई वाहिर निकाल्ने, आन्तरिक अर्गानहरुलाई रेष्ट दिने। फिजिकल्ली र मेण्टल्ली रेष्ट दिने खालको ट्रिटमेण्टहरु दिईन्छ ।

पाचन प्रणालीलाई क्लिनिङ्ग गर्ने पनि टेक्निकहरु छन् । नाक सफा गर्ने, आमासय सफा गर्ने, ठुलो आन्द्रा सफा गर्ने, मुखदेखि मलद्वारसम्म सफा गर्ने विधिहरु छन् । ब्लड सर्कुलेसनलाई सहज वनाउन मसाज, स्टिमवाथ, डाईट थेरापी, फास्टिङ थेरापी लगायतमा ध्यान दिईन्छ। ‘पुरानो, मरेको सेललाई रिमुभ गर्न फास्टिङले काम गर्छ । योगाशन, मेडिटेसन लगायतले पनि शरिरलाई ब्यालेन्स गर्ने, मेन्टल्ली रिल्याक्स गर्ने गर्छ’ वस्नेतले भने–‘यि सवै उपचारका विधिहरुलाई चै कम्वाईन गरेर फुल वडि सर्भिसिङ्ग गरिन्छ ।’

फाईदा के छ ?
फुल वडि सर्भिसिङ्गले रोग लाग्न नदिने र स्वास्थ्यको अवस्थालाई अप्टिमम लेभलमा मेन्टेन गर्ने काम गर्छ । रोग लागेको छैन भने पनि वडि सर्भिसिङ्ग गर्दैछौं भने हामीलाई रोग लाग्दैन । दिर्घरोगहरु लाग्ने सम्भावना कम हुन्छ ।  दोश्रो कुरा रोग लागि सकेको छ तर, धेरै ड्यामेज गरेको छैन भने त्यसवाट छुटकारा पाउन पनि काम गर्छ । ‘क्रोनिक रोग लागेको छ÷धेरै लामो समयदेखि रोग लागेको छ, उपचार गर्दा पनि सम्भव भएको छैन भने होल वडिलाई सर्भिसिङ्ग गर्यौ भने त्यसवाट वच्न पनि यसले काम गर्छ । यसले सम्पुर्ण रोगमा त्यत्तिकै महत्वपुर्ण भुमिका खेल्दछ ।’– उनले भने। 

‘आहार–विहारको कारणले शरिर कमजोर भएको पनि हुन सक्छ। फुल वडि सर्भिसिङ्ग गरेर पहिलाको अवस्थामा पुर्याउन सकिन्छ की सकिन्न ?’ भन्ने जिज्ञासामा वस्नेत भन्छन्–‘धेरै जसो केसमा पहिलाको अवस्थामा ल्याउन सकिन्छ । एक पटक फुल वडि सर्भिसिङ्ग गरेपछि पुर्ण स्वस्थ अवस्थामा पुर्याउन सकिन्छ । र त्यसपछि त्यसलाई मेनटेन गर्नु पर्ने हुन्छ। फुल वडि सर्भिसिङ्ग गरिसक्यौ, अव मैले जे गर्दा पनि हुन्छ भन्ने सोच्न चै हुँदैन । गाडिलाई सर्भिसिङ्ग गरेर ल्यायौं, त्यसमा भएको समस्या समाधान गर्यौ,  अथवा पार्टस फेर्नु पर्ने थियो फेर्यौ। र ल्याएर जथाभावी चलायौं भने त्यो विग्रिन्न भने चै होईन । त्यसलाई राम्रोसँग चलाउनु पर्यो, र सर्टेन टाईमपछि सर्भिसिङ्ग गर्न जानु पर्यो । त्यस्तै हाम्रो शरिरमा विग्रेको हुन्छ। हाम्रो खानपान अथवा हाम्रो जिवन शैलीको कारणले सर्टेन अगंहरुमा चै ड्यामेज भएको होला तथा रोग लागेको होला। त्यसलाई हामीले सर्भिििसङ्गपछि मेन्टेन गर्छौ र हेल्दी  अवस्थामा ल्याई दिन्छौं ।’

फेरी त्यो अवस्था नआओस भन्नका लागि जिवन शैली परिवर्तन गर्नु पर्नेमा उनले जोड दिए । खानपान, एक्सरसाईनज, विश्राम, स्टे«स म्यानेजमेण्ट लगायतलाई ध्यान दिनुपर्ने उनको भनाई छ। ‘तर, हामीले धेरै केसमा चै पहिलाको अवस्थामा ल्याउन सक्छौं ’– उनले भने।

‘धुम्रपान, मध्यपान, ड्रग्स लगायतको प्रयोग वढिरहेको छ। यसका असरहरुलाई पनि पहिलाको अवस्थामा पुर्याउन सकिन्छ ?’ भन्ने सवालमा शरिरमा धेरै ठुलो क्षती नभएको अवस्था भए पहिलाको अवस्थामा फर्काउन सकिने उनले दावी गरे । ‘धुम्रपान, मध्यपान, मदिरा सेवन लगायतलाई रोकेर सर्भिसिङ्ग गरियो भने वा नेचुरल ट्रिटमेण्ट गर्यो भने लिभर रिकभर हुन सक्छ । अनहेल्दी लाईफ स्टाईल, अथवा अल्कोहल, टोब्याको लगायतका कारण शरिरमा ड्यामेज भएको छ भने रिकभर गर्न सकिन्छ’ उनी भन्छन्–‘ड्रग एडिक्सलाई ठिक गर्न सकिन्छ ।’

धुम्रपान, मध्यपान गरेरै पनि शरिरलाई तन्दुरुस्त राख्न सकिने उपायहरु रहेको वस्नेतले वताए । ‘जस्तोः काठमाण्डौंमा वस्ने मान्छेहरुलाई धुम्रपान नगरेपनि वायु प्रदुषणका कारण विभिन्न रोग लाग्न सक्छ। गाउँमा वस्ने मान्छे धुम्रपान गर्छ तर, वस्ने वातावरण र खानपिन स्वस्थ र राम्रो छ भने मान्छेको स्वास्थ्य राम्रो हुन सक्छ’ उनी भन्छन्–‘धुम्रपान र मध्यपान गरेर पनि स्वस्थ वातावरण र खानपिनमा ध्यान दिन सकियो अने त्यसका असरलाई कम गर्न सकिन्छ ।’

गाँजालाई फुकुवा गरेर आर्थिक फाईदा लिन सकिन्छ 
स्वास्थ्य र जिवन शैलीका कुराकानीका क्रममा डा. वस्नेतले गाँजा जत्तिको वहुउपयोगी वनस्पति प्रकृतिमै कम भएको वताए । गाँजालाई फुकुवा गरेर आर्थिक फाईदा लिन सकिने उनको भनाई छ । ‘स्ट्रोङ पेन किलर गाँजावाट वन्छ। यसका हरेक चिज काम लाग्छ। रेशावाट कपडा, गाँजाको विउ खायो भने धेरै फाईदा हुन्छ, गाँजाको चोपको पनि मेडिसिन भ्यालु छ। यसका सवै कुरा काम लाग्ने छ। गाँजा र अल्कोहलमा कुन ठिक भन्दा गाँजा ठिक छ। यसले हत्याहिंसा, झगडा तथा असामाजिक कृयाकलाप गर्दैन तर अल्कोहलका कारण यि सवै काम गर्छ’– उनले भने।

मानिसहरु रोगका पछि लागेका कारण दुःख पाएको वताएका वस्नेतले के–के रोग लाग्यो भनेर डाक्टरसँग धाईरनु भन्दा स्वास्थ्यलाई ध्यान दिनु जरुरी रहेको सुझाव दिए। ‘समग्र स्वास्थ्य राम्रो होस भन्ने छ भने शारीरिक, मानसिक, सामाजिक र आध्यात्मीक रुपमा पनि स्वस्थ हुनु जरुरी छ । हाम्रो शरिरको एउटा अंगसँग अर्को अंगको सम्वन्ध छ। एउटा अंगले काम गरेन भने अर्को कुनै अंगले काम गर्दैन । हरेक अंगको अर्को अंगसँग अन्तरसम्वन्ध छ। त्यसैले शरिरलाई हेर्दा पार्ट÷पार्ट हेर्न मिल्दैन । पुरा शरिरलाई हेर्नुपर्छ । पार्ट÷पार्ट देखाउँदै जाने हो भने डाक्टरलाई भेट्दा भेट्दा जिन्दगी जान सक्छ, रोग चै आफुसँगै हुन्छ’ वस्नेत भन्छन्–‘आर्थिक रुपमा पनि सिद्धिन्छ। त्यसैले रोगको पछि लाग्नु भन्दा पुरै शरिरको स्वास्थ्यका पछि लागौं । कुनै समस्या आउनु भन्दा पहिला वा आईसकेपछि होलवडि सर्भिसिङ्ग गरेपछि होल हेल्थ र वेलनेस पाउँन सक्छौं ।’ 

प्राकृतिक चिकिस्साका विषयमा वेलनेस अस्पतालका संस्थापक डा. जनकवहादुर वस्नेतसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस।

स्वास्थ्य वडि सर्भिसिङ्ग डा. जनकवहादुर वस्नेत

विशेष