सोमवारको भेटमा प्रधानमन्त्री र विप्लवको के भयो छलफल ?
प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवले सोमबार भेटवार्ता गरेका छन् । वार्ताका क्रममा सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति कार्यन्वयनका विषयमा चन्दले प्रधानमन्त्रीसँग कुरा गरेको जनाईएको छ ।
प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका विप्लवले सहमतिअन्तर्गत हिरासतमा रहेका नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गरेको जनाईएको छ। चन्दले आफूहरू शान्तिपूर्ण राजनीतिमा आए पनि हिरासतमा रहेका नेता–कार्यकर्ता नछुटेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
विप्लवको कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाईको प्रक्रिया अघि वढेको वताएका छन् ।
गत फागुन २० गते सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो । २१ गते विप्लव सार्वजनिक भएका थिए । सहमतिमा चन्द शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने र हिरासतमा रहेकोनेता कार्यकर्ता रिहाइ गर्ने उल्लेख थियो ।