News पर्यटन

कैलाश सन्यास आश्रम संरक्षणको अभावमा

कैलाश सन्यास आश्रम संरक्षणको अभावमा


नवलपुर
 नेपालमा धार्मिक, एतिहासिक एवं पुरातात्विक स्थलहरुको कमि नभएपनि त्यसको प्रचारप्रसार नभएकै कारण ती सम्पदाहरु ओझलमा परेका छन । सरोकारवाला निकायले यस्ता सम्पदाहरुको संरक्षणमा खासै ध्यान नदिएकै कारणले समस्या आएको छ । उचित प्रचार प्रसारको आभावमा धार्मिक एवं एतिहासिक यस्ता सम्पदाहरु ओझलमा पर्दै आएका छन ।  यस्तै एउटा सम्पदा रहेको छ नवलपुरको गैँडाकोटमा अवस्थित कैलाश सन्यास आश्रम । त्यो आश्रम एतिहासिक एवं धार्मिक महत्वको हुदा समेत अहिले  ओझेलमा परेको छ । 
सेनकालीन सभ्यता रहेकोे मन्दिरको भग्नावशेष फेला परेको यस स्थानको उचित व्यवस्थापन हुन नसक्दा ओझेलमा परेको देखिन्छ ।
यस क्षेत्रमा सात वर्ष अघि पुरातत्व विभागले उत्खननको कार्य समेत गरेको थियो ।
विभागले आर्थिक वर्ष २०७० देखि २०७२ सम्म गरेको उत्खननका क्रममा यहाँबाट १ हजार ५०० सय भन्दा बढी पुराना ढुङ्गा निकालेको थियो ।
उत्खननका क्रममा ढुङ्गाबाट बनेको शिवलिङ्ग, चक्र आकारको ठूलो ढुङ्गा, देवी देवताको मूर्ति र विभिन्न आकार प्रकारमा कुँदिएका कलात्मक ढुङ्गा भेटिएका छन् ।
सो क्षेत्रमा भेटिएका ढुङ्गामा कलात्मक आकृति झल्किने हस्तकला समेत छ । नदीकिनारमा अवस्थित कैलाश सन्यास आश्रम वरपर करिब तीन हजारको सङ्ख्यामा कलात्मक ढुङ्गा भेटिएका छन् । “उत्खनन गर्दा भेटिएको शिव मन्दिर र त्यसको गर्भमा भेटिएको शिव लिङ्गको आधारमा यहाँ शिवको भव्य मन्दिर रहेको पुष्टि हुन्छ”, उनले भने, “त्यहाँ भेटिएका वस्तु अंशको अधिकतम प्रयोग गर्ने योजनाका साथ पुराना कलात्मक ढुङ्गालाई सोही आकारमा नयाँ बनाउने काम शुरु भइसकेको छ ।” भग्नावशेष भेटिएको स्थानमा मणिमुकुन्द सेनकालीन मन्दिर निर्माण भएमा यस क्षेत्रकै मुहार फेरिने जनाइएको छ ।
चौधौँ शताब्दीतिर पाल्पामा मणिमुकुन्द सेनको शासनकाल रहेको इतिहासमा उल्लेख रहेको छ । स्थानीयले त्यहाँ पुरानै शैलीका मन्दिर निर्माण गराउन सरकार र पुरातत्व विभागसँग आग्रह गरेको आधारमा विभागले चासो देखाएर उत्खनन गरेको थियो । विभागले उत्खनन् गरेपश्चात् यस स्थानबाट निकालिएका सबै ढुङ्गामा नम्बर लगाएर राखिएको छ ।
विभागले गरेको उत्खनन्का क्रममा यहाँ चौधौँ वा पन्ध्रौँ शताब्दीमा सेन राजाको शासनकालमा भव्य कलात्मक मन्दिर रहेको हुनसक्ने आधार भेटिएको कैलाश सन्यास आश्रम व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले बताए ।
उत्खननका क्रममा भेटिएको कलात्मक ढुङ्गा सुर्खेतको काँक्रे बिहारमा झैँ उही शैलीका कलात्मक ढुङ्गा भेटिएकाले यो सेनकालीन समयको भएको उनले बताए ।
पुरातत्व विभागले अहिले यस क्षेत्रमा पहिलेकै शैलीमा मन्दिरको पुनः निर्माण गर्नका लागि ७ करोड ६९ लाख रकम विनियोजन गरेको गैँडाकोट–१३ का वडाध्यक्ष पदम पौडेलले जानकारी दिए । मन्दिरको नजिकै कलकल बगेको नाराणी नदी , नदी पारीको चितवन राष्टिय निकुञ्जमा देखिने गैडा , बदेँल , मृग , मयुर र नदीमा बसोबास गर्ने विभिन्न चराचुरुङ्गी र गोही देख्न पाईने र पूर्व पश्चिम राजमार्गबाट आठ सय मिटर नजिकमा रहेका कारण पनि यो ठाउँ पर्यटकीय रुपमा समेत प्रमुख गन्तव्य बन्ने वडा अध्यक्ष पौडेलले बताए । 
पूर्वपश्चिम राजमार्गको बेल्डिहाबाट करिब साढे एक किलोमिटर दक्षिणतर्फ नारायणी नदीकिनारमा अवस्थित यस स्थानको पुनःनिर्माणको कामसमेत शुरु भइसकेको र निकट भविष्यमै व्यापक पर्यटकीय क्षेत्रको रुपमा चिनाउने गरि काम गर्ने बताए ।
संगै नारायणी नदीकिनारमा अवस्थित कैलाश सन्यास आश्रम वरपर करिब तीन हजारको सङ्ख्यामा कलात्मक ढुङ्गा भेटिएका छन् ।
स्थानीयले त्यहाँ पुरानै शैलीको मन्दिर निर्माण गर्न सरकार र पुरातत्व विभागसँग आग्रह गरेपछि विभागले चासो दिएर अहिले मन्दिरमा भेटिएका ढुङगाहरुलाई पुरानै शैलिमा ल्याउने गरि काम सुरु गरिएको छ ।
गैडाकोटमा मात्र होइन मुलुकका अधिकाशं स्थानमा रहेका यस्ता पुरातात्वीक विषय वस्तुहरुलाई राज्यले खोज गरि संरक्षण र यसबाट लाभ लिन सक्नुपर्ने देखिन्छ ।
 

नवलपुर पुरातात्विक स्थल भव्य कलात्मक काँक्रे बिहारमा

विशेष