News

सिमावर्ति क्षेत्रका जनता कोरोनाको उच्च जोखिमा

सिमावर्ति क्षेत्रका जनता कोरोनाको उच्च जोखिमा


जनकपुर
सिमावर्ति क्षेत्रमा कोरोनाको उच्च जोखिम बढेको छ । भारतमा कोरोना संक्रमण बढन थालेपछि खुला सिमाको कारणले फेरि कोरोनाको जोखिम बढन सक्छ भन्दे स्थवाथ्य विज्ञहरुले चिन्ता जनाएका छन । अर्को तर्फ सर्वसधारणहरु समेत स्वास्थ्य प्रति सचेत हुन सकेको छैन । अहिले बजार लगायता क्षेत्रमा भिडभाड बढन थालेका छन भने सर्वसाधारणहरु मास्क,सेनिटाईजर,साबुन पानीले हात थुने जस्ता स्वास्थ्य मापदण्डहरु समेत पालन गर्न छाडेका छन । यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार  सर्वसाधारणलाई अपिल गरेको छ ।कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ । साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

संक्रमण भारतमा कोरोना

विशेष