News

प्रहरीको गोली लागेर घाइते प्याकुरेललाई हेलिकोप्टरबाट काठमाण्डौं पठाइयो

प्रहरीको गोली लागेर घाइते प्याकुरेललाई हेलिकोप्टरबाट काठमाण्डौं पठाइयो

कैलालीको लम्कीमा प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका ३० वर्षीय कृष्ण प्याकुरेललाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।

सिडिओ खगेन्द्र रिजालले युवकलाई काठमाण्डौं पठाईएको जानकारी दिए। पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो ।

अर्का घाइते १८ वर्षीय दिपक सन्ज्यालको भने नेपालगञ्जमै उपचार भइरहेको रिजालले वताए । मंगलबार बिहान ना ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएपछि आन्दोलन भएको थियो । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको वसको ठक्करवाट देवकोटाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध गर्नुका साथै टायर बालेर प्रर्दशन गरेका थिए ।

इलाका प्रहरी कार्यालय घेराउ गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाउँदा दुई जना घाईते भएको थिए। प्रहरीले बाध्य भएर गोली चलाउनु परेको दावी गरेको छ । 

कैलाली घाइते प्रहरीको गोली सेनाको हेलिकोप्टर

विशेष