यत्रो हत्या गरेर अरु छुट्न सक्छन भने रेशम चौधरी किन छुट्न सक्दैनन्ः सुमन प्याकुरेल

यत्रो हत्या गरेर अरु छुट्न सक्छन भने रेशम चौधरी किन छुट्न सक्दैनन्ः सुमन प्याकुरेल

जनकपुरधाम- नेकपा एमालेका प्रदेश नम्बर २ का सचिव एवं राष्टिय सभाका सदस्य सुमनराज प्याकुरेलले जनता समाजवादी पार्टीले अघि सारेको मांगहरुलाई सम्बोधन गर्न आफनो पार्टी गम्भीर र तयार रहेको बताएका छन । जनकपुरमा नेपाल आजसंग कुराकानी गर्दै प्याकुरेलले जसपा आफुहरुसंग आउने दावि गरे । उनले भने उपेन्द्र यादवको मात्रै जसपा पार्टी हैन हामी संग धेरै नेताहरुको वार्ता र छलफल भईरहेको छ उहाहरु केपी ओलीलाई समर्थन गर्नुहुन्छ ।

उनले भने  सबै राजनितिक पार्टीका हात रगतले रंगिएका छन ,यति हत्या गरेर अरु छुटन सक्छ भने रेशम चौधरी किन छुटन सकदैन आज न भोली छुटन छन ।उनले चौधरीको रिहामा केही समस्या रहेको र त्यसको लागि सत्तामा संगै बसेर नियम कानुन मिलाएर चौधरीलाई रिहाई गराउन वातावरण बनाउनुपर्नेमा जोड दिए ।   प्याकुरेले तिन पार्टी मिलेर सरकार बनाउने सम्भावना नरहेको बताउदै यति बनियो भने नेकपा एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताए । उनले ओली नेतृत्वको सरकार पांच वर्ष चल्नेमा आफु ढुक्क रहेको बताए ।

उनले भने अहिलेको राजनितिक जुन अवस्था सृजना भएको थियो त्यसलाई जोगाउनको लागि नै संसद विघटन गरिएको र अहिलेको राजनितिक तरलताले त्यसको औचित्य पुष्टि गर्न लागेको छ ।उनले सिगो जसपा नै ओली तिर आउन प्रष्ट गर्दै ३० जना सांसद आफुहरु तिर आउनेमा विश्वस्त रहेको र यस्तो अवस्थामा संगै जसपा नै आउने उनले प्रष्ट पारे । प्याकुरेले माधवकुमार नेपालले अहिले विधि र प्रक्रियालाई मिचेर काम गरिरहेको बताउदै नेकपा एमाले एउटा संस्कार रहेको नेपालको कार्यशैली एमालेको संस्कार विपरित रहेको बताए ।उनले नेपाल नसच्चीए पार्टीले विधि र विधान अनुसार उहामाथि कारवाही गर्ने समेत प्रष्ट पारे । 

प्रदेश नम्बर २ सुमन प्याकुरेल

संम्बधित खबर

विशेष