ओलीको स्पष्टीकरणबाट तर्सिएर मैदान छाड्दैनौंः माधव नेपाल
नेकपा एमालेका नेता माधवकुमार नेपालले असली नेकपा एमाले आफूहरु भएको जिकीर गरेका छन् । उनले पार्टी अध्यक्ष केपी ओलीलाई बिमाले, सिमालेको भन्दै उनी एमाले नभएको जिकिर गरे ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नेता नेपालले ओलीको भ्रमबाट आम कार्यकर्ता र जनतालाईमुक्त गर्नुपर्ने वताए ।
९औंं महाधिवेशनमा आफुहरुको विचार पास भएको ताएका उनले ‘नेता बन्न पुगे ओली’ भने । ओलीले पार्टीलाई विघटनको दिशामा लगेको र छिन्नभिन्न बनाएको आरोप लगाए ।
केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला भन्दै उनले भने– ‘नेकपा एमाले हाम्रो हो । केपी ओली बिमाले हुन् सिमाले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’
नेता नेपालले प्रधानमन्त्री ओली राजतन्त्र फर्काउने बाटोमा लागेको आरोप पनि लगाए । उनले भने–‘जतिसुकै साँठगाँठ गरुन्, अब राजतन्त्र फर्किंदैन । हामी परास्त गरेरै छाड्छौँ ।’
कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध बनाइने तर ओलीको दासत्व नस्वीकार्ने वताएका उनले भने– ‘हामीले यति राम्रो काम गरेका छौँ । ओलीबाट पीडित भएका मानिसहरूलाई आशा जगाएका छौँ ।’
ओलीको स्पष्टीकरणबाट तर्सिएर मैदान छाड्ने र पार्टी फुटाउने पक्षमा आफुहरु नरहेको वताएका छन् ।