ओलीसंग सत्ता साझेदारी विषयमा जसपामै विवाद

ओलीसंग सत्ता साझेदारी विषयमा जसपामै विवाद


काठमाडौ 
सत्ता साझेदारीका विषयमा प्रधानमन्त्री केपी ओलीसंग भएको छलफलका बिषयमा जनता समाजवादी पार्टी (जसपा) भित्र तिव्र विवाद भएको छ । 
जसपाका केहि नेता ओलीसंगको वार्ताका बिषयमा असन्तुष्ट देखिएको छ भने अर्को पक्षले आफ्ना मागका बारेमा मात्र प्रधानमन्त्रीसंग वार्ता गरेको दावी गरेको छ ।  मंगलबार बालुवाटारमा जसपा नेता र सरकारी कार्यदलबीच छलफल भएको थियो ।

जसपा अध्यक्ष उपेन्द्र महत्तोले भने पार्टीका तर्फबाट ओलीसंग कुनै छलफल नभएको बताए । प्रधानमन्त्रीसंगको भेटघाट व्यक्तिगत हुन सक्ने तर पार्टीको औपचारिक छलफल नभएको उनले तर्क गरे । संसद भवन नयां वानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै यादवले अन्य दलसंग छलफल गर्नका लागि डा बाबुराम भट्टराई, आफु स्वयं , महन्थ ठाकुर, राजेन्द्र महत्तो र आशोक राई सम्मीलित टिम नै पार्टीको आधिकारीक टिम रहेको भन्दै आफुहरुले प्रधानमन्त्रीसंग कुनै छलफल नगरेको बताए । उहाले कोहिले पनि व्यक्तिगत रुपमा कसैसंग भेट गर्न सक्ने र यसलाई पार्टीभित्रको मतभेद भन्न नमिल्ने जिकिर गरे ।व्यक्तिगत रुपमा को कससंग भटछ त्यो महत्वपुर्ण नरहेको समेत बताए । 
यता जसपा नेता राजेन्द्र महतोले भने प्रधानमन्त्रीसंगको छलफलका बारेमा अध्यक्ष र पार्टीलाई जानकारी गराउन नै बाँकी रहेको बताए । उनले छलफलका लागि जन्ती र जुलुस लिएर जान नमिल्ने भन्दै बालुवाटारबाट खवर आएकाले छलफल गर्न गएको उल्लेख गरे । छलफलमा जे निष्कर्ष आएपनि पार्टीभित्र छलफल गरिने उनको भनाइ छ । प्रधानमन्त्रीसंगको छलफलका क्रममा आफुहरुको मागका बारेमा छलफल भइरहेको र राम्रो गृहकार्य भइरहेको पाइएको उनले बताए । जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले भेटमा माग पूरा गर्ने आश्वासन दिएको बताए । छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनु पर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको कर्णले बताए । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपाले उठाएका माग सम्बोधनका विषयमा बैठकमा छलफल भएको बताए । ’उहाँहरूले रेशम चौधरीको रिहाइ, मधेस आन्दोनसँग सम्बन्धित विषयमा कुरा भयो । सत्ता साझेदारीबारे पनि छलफल भयो । कुनैपनि शर्तबन्दी छैन हाम्रो सम्बन्धमा । उहाँहरूले कुनैपनि शर्तबन्दी राख्नुभएको छैन,’ नेम्वाङले भने । दुई पार्टीबीच राम्रो सम्बन्ध भए सत्ता समीकरण हुन सक्ने उनले बताए ।  
जसपाको एक पक्ष ओली इतर समूहसंग सहकार्य गर्नुपर्ने पक्षमा छ भने अर्को पक्ष वर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई नै समर्थन गर्ने पक्षमा छ । 

जसपा काठमाडौं ओली

संम्बधित खबर

विशेष