News राजनीति

प्रधानमन्त्री ओली र जसापाका नेताहरू विच छलफल

प्रधानमन्त्री ओली र जसापाका नेताहरू विच छलफल

सम्भावित सत्ता समिकरणका लागि प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसापा) का नेताहरू बालुवाटार पुगेका छन् । उनीहरुका विचमा सोमवार साँझ पनि छलफल भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि जसपाका नेताहरू महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका छन् ।  सत्ता समिकरणका लागि छलफल र सहकार्य गर्न एमाले र जसपा नेताहरू कार्यदल पनि वनेको जनाईएको छ ।

अर्कोतर्फ प्रधानमन्त्री ओली र जसपाका नेता ठाकुर लगायत सँग छलफल चल्न थालेपछि उपेन्द्र यादव र बाबुराम भट्टराई लगायतका नेताहरु असन्तुष्ट वनेका छन्। उपेन्द्र यादव र वावुराम भट्टराई प्रधानमन्त्री ओलीका कटु आलोचकका रुपमा देखिएका छन्।

विशेष