पत्रकारहरुलाई चुनाव लाग्यो , प्रदेश नम्बर २ मा चार जना आकाक्षी

पत्रकारहरुलाई चुनाव लाग्यो , प्रदेश नम्बर २ मा चार जना आकाक्षी


जनकपुरधाम - पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयां नेतृत्वको लागि चुनावी सरगर्मी सुरु भएको छ । चुनावी सरगर्मी शुरु भएसंगै केन्द्र देखि मोफसलका पत्रकारसम्म चुनावी रणनीति तय गर्न पत्रकारहरु व्यस्त देखिएका छन् । प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत हुन लागेको महासंघको निर्वाचनलाई लिएर पत्रकारहरु बिच छलफल तथा भेटघाटलाई तीव्रता दिएका छन् । 

यद्यपि कयो जिल्लामा नयाँ सदस्यता तथा सदस्यता नविकरणको विषयलाई लिएर रहेको विवाद साम्य हुन नसक्दा चुनावमा उम्मेदवार बन्न ईच्छुक पत्रकारहरुका लागि टाउको दुसखाईको विषय बनेको छ ।  हुनत सो विवाद समाधानका लागि नेपाल पत्रकार महासंघको केन्द्रिय समितिले पहल जारी राखेको छ । 

यता निर्वाचन कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनको मतदान प्रकृया चैत १२ गतेबाट शुरु हुन लागेको छ । केन्द्रिय समितिको निर्वाचनका लागि चैत १२ गते उम्मेदवारी दर्ता हुने तालिका रहेको छ भने प्रदेशकालागि चैत १९ गते र चैत २२ गते जिल्ला समितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता हुने भएको छ । 

पत्रकार मासंघले निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेपछि प्रदेश २मा समेत पत्रकारहरु बिच चुनावी सरगर्मी शुरु भएको छ । महासंघको प्रदेश २को नयाँ नेतृत्वका लागि कयौँ पत्रकारहरु अकांक्षी देखिएपनि अहिलेसम्ममा ४ जना पत्रकारले अकांक्षा देखाएका छन् । प्रादेशिक समितिको अध्यक्ष पदका लागि मधेशी पत्रकार समाजबाट संजीवविक्रम साह, प्रेस युनियनबाट शिव पुर, प्रेस चौतारीबाट केसी लामिछाने र प्रेस मञ्चाट राजेश कर्णको नाम चर्चामा रहेको छ । 

प्रदेश २को आठ जिल्लामा बारामा १२८, धनुषामा १७४, महोत्तरीमा ४१, पर्सामा  १३८, रौतहटमा ५६, सप्तरीमा १०१, सर्लाहीमा ७५ र सिरहामा ८१ जना मतदाता रहेका छन । 

जनकपुरधाम पत्रकार

संम्बधित खबर

विशेष