कांग्रेस तत्काल सरकारमा जाँदैनः सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने वताएका छन् ।
मंगलबार विराटनगरमा पत्रकारसँगको कुराकानी गर्दै उनले यस्तो वताएका हुन । कांग्रेस तत्काल सरकारमा नजाने उनले बताए।
कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि उनले बताए ।
उनले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरे।