सर्वोच्चको फैसला विरुद्ध माओवादी केन्द्रले पुनरावलोकन गर्ने

नेकपालाई भङ्ग गर्ने सर्वोच्च अदालतको फैसला विरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकन गर्ने भएको छ । माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले फैसला विरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको हो।
माओवादीले यस्तो निर्णय लिनु अघि कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । कानुन व्यवसायीहरूले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जान उपयुक्त हुने सुझाव दिएका थिए । सर्वोच्चले गत फागुन २३ गते नेकपाको एकता भङ्ग हुने फैसाला गरेको थियो ।
कानुन व्यवसायीले दिएको सुझाव माओवादी केन्द्रले सकारात्मक रूपमा लिएको थियो। छलफलका क्रममा सर्वोच्चले नेकपा फुटाएको सन्दर्भमा पुनरावलोकनमा जान सकिन्छ कि सकिँदैन भन्ने विषयमा माओवादी नेताले कानुन व्यवसायीसँग सल्लाह मागेका थिए।
छलफलका क्रममा कानुन व्यवसायीहरू शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत सहभागी थिए।